शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • एसईई उत्तिर्ण भएपछि करिश्मा मानन्धरलाई बधाइको ओइरो, छोरीको भावुक मेसेज

एसईई उत्तिर्ण भएपछि करिश्मा मानन्धरलाई बधाइको ओइरो, छोरीको भावुक मेसेज

  • आइतवार, असार १५, २०७६
एसईई उत्तिर्ण भएपछि करिश्मा मानन्धरलाई बधाइको ओइरो, छोरीको भावुक मेसेज

नायिका करिश्मा मानन्धर हुन त सधैं चर्चामै रहन्छिन् तर बिहिबार एसईईको नतिजा प्रकाशित भएपछि उनको चर्चा ह्वात्तै चुलिएको छ ।

२०७५ सालको एसईई परिक्षार्थी करिश्माले बी प्लस ल्याएपछि उनले जताततै प्रशंसा पाइरहेकी छिन् । सर्वसाधारणलगायत फिल्मी क्षेत्रका कलाकारले उनलाई बधाई दिइरहेका छन् । उनकी छोरी कबिता मानन्धरले पनि आफ्नो फेसबुक अकाउन्टमार्फत् आमाको सफलतामा भावुक हुँदै बधाई दिएकी छिन् ।

उनले बिहिबार बेलुकी लेखेकी छिन्, ‘आमा, तपाईंको सफलतामा म कति गर्व महसुस गरिरहेको छु, त्यो भन्न सक्दिनँ । यसका लागि तपाईंले जति मेहनत गर्नुभयो, रातभरी सुत्नुभएन, बिहान, दिउँसो, साँझ केही भन्नुभएन । र तपाईंमाथि अत्यधिक दबाब पनि थियो । यी सबै कुराले अब उचित मूल्य पाएको छ ।’

आमाले एसईईमा सफलता हात पार्ने कुरामा आफू विश्वस्त भएको पनि उनले बताइन् । उनले भनिन्, ‘तपाईंले जीवनमा जे गर्नु चाहनुभयो त्यो गरेरै छोड्नुभयो र एसईईको कुरा गर्दा मलाई तपाईंमाथि अलिकति पनि शंका लागेन । तपाईंले यसमा राम्रो गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास थियो । बधाई ।’

उनले आफ्नी आमालाई यो यात्रामा सहयोग गर्ने शिक्षक, सहपाठी, विद्यालयलाई पनि धन्यवाद दिएकी छिन् ।

यस्तै, करिश्मालाई नेपाली सिने जगतका विभिन्न हस्तीले पनि बधाई दिएका छन् ।

पुरानी अभिनेत्री गौरी मल्लले आफ्नो फेसबुक अकाउन्टमा लेखेकी छिन्, ‘धेरै धेरै बधाई करिश्मा । तिमीले लिएको दृढ संकल्प सफलताका साथ पुरा भयो । अब आउने दिनहरुले अझ प्रगतिको शिखरहरु चुम्दै जाउन् । शुभ कामना ।’

यस्तै, पूर्व मिस नेपाल रुबी राणा शाहले पनि करिश्मालाई बधाई दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बधाई छ साथी, अघि बढ । सफलताको कामना गर्दै हरेक चुनौतीलाई उत्साहजनक ग्रहण गरेर उदाहरण बन्नु । औधी माया ।’

चर्चामा

सम्बन्धित समाचार