बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • जैलु लौठीरुख र बड्डालामा सिचाई कुलो निर्माण हुदा स्थानीय खुशी

जैलु लौठीरुख र बड्डालामा सिचाई कुलो निर्माण हुदा स्थानीय खुशी

  • आइतवार, असार १, २०७६
जैलु लौठीरुख र बड्डालामा सिचाई कुलो निर्माण हुदा स्थानीय खुशी

बडिमालिका समाचार
बुढीनन्दा नगरपालिका वडा नं ३ जैलु ,लौठारुख र बड्लामा सिचाई कुलो निर्माण भएपछि सथानीय खुशी भएका छन् । करिब ३० रोपनी भन्दा बढी खेत कुलो निर्माण पछि खेति लाग्ने भएको स्थानीयले बताएका छन् । पीसविन बाजुरा र  वेल्टहगरहिल्फे (WHH)द्धारा स‌चालित सम्पूर्ण परियोजनाको आर्थिक सहयोगमा करिब २ सय ५१ मिटर लामो सिंचाई नहर निर्माण गरिएको छ । सिचाई कुलो निर्माण पछि जेलु,लौठारुख र बड्डालाका करिव १ सय ७० घरघुरी लाभाम्बित हुने भएका छन् । पीसविन बाजुराको ६ लाख बयासी हजार सात सय बयालीस रुपैयाँ र समुदायको दुई लाख चौरानब्ये हजार सात सय लागत मा कुलो निर्माण भएको बुढिनन्दा नगरपालिका ३ का वडा अध्यक्ष रामबहादुर बोहोराले बताउका छन् । नहर निर्माण २०७५ माघबाट सुरु भई २०७६ जेठ ९ गते सम्पनभएको हो ।
तरकारी खेतीको लागी उर्बर मानिने जैलु र बड्डाला क्षेत्रमा सिंचाई नहर निमार्ण पछि कृषकहरुले सहजै रुपमा तरकारी खेतीगरेर आयआर्जन वृद्धि गर्ने आशा गरेका अगुवा कृषक रणबहादुर बोहराले बताएका छन् । नहर निमार्ण पछि स्थानीय लौठारुख बासीहरुलाई पैरोको जोखिम पनिकम भएको छ । नहर निमार्ण पछि करीब १ सय ४० जना स्थानीयबासीलाई प्रत्यक्षरुपमा स्थायी रोजगारीको सृजनाहुने भएको छ । यो नहर निमार्णले उत्पादनमा वृद्धि गर्ने र कृषकहरुको आयआर्जनमा थप बल पुग्ने आशा गरेको वडा नं ३ का अध्यक्ष रामबहादुर बोहराले बताए । बिगतमा नगरपालिकाले नहर निर्माणमा थुप्रै पैसा खर्च भएपनि दिगो र प्रभावकारी नएको कारण नहर पूर्णरुपमा संचालनमा नआएको र सिचित जमिन बाझो रहेको थियो । तरकारी खुतिमा अम्बल र आत्मनिर्भर त्यस ठाउका किसानले सिंचाई नभएका कारण यस बर्ष जैलु, बडाला र लौठारुखका कृर्षिहरुले सिचाईको माग अनुसार पीसबिन  बाजुराको र वेल्टहगरहिल्फे (WHH)द्धारा स‌चालित सम्पूर्ण परियोजनाले सहयोग गरेको परियोजना अधिकृत्त गोविन्द थापाले बताए । सिचाई नहरले कृषकहरुको उत्पादनमा जोड दिई आयआर्जन सहयो पुग्ने आशा गरिएको थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार