सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाउँपालिकामा प्रधानमन्त्री रोजगार शुभारम्भ, १८० जनालाई ३० दिने रोजगारी

गौमुल गाउँपालिकामा प्रधानमन्त्री रोजगार शुभारम्भ, १८० जनालाई ३० दिने रोजगारी

  • सोमवार, जेष्ठ २७, २०७६
गौमुल गाउँपालिकामा प्रधानमन्त्री रोजगार शुभारम्भ, १८० जनालाई ३० दिने रोजगारी

रमित बि.क.
जेष्ठ २७,बाजुरा
गौमुल गाउँपालिका घट्मुनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यकमको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले शुभारम्भ गर्नुभएको छ । कार्यक्रम अन्र्तगत गौमुल गाउँपालिकामा १८० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको अध्यक्ष रोकायाले बताउनुभएको ।
गाउँपालिकाले शिक्षण संस्था निमार्णदेखि गोरेटो बाटो निमार्णमा १८० जना कामदारलाई १ महिने रोजगारी दिएको छ । यस्तै शिक्षण संस्था निमार्णमा ३० जना, बिद्युत निमार्णको काममा ३० जना र गोरेटो बाटो निमार्णमा १२० जना गरी जम्मा १८० जनालाई रोजगारी दिईएको छ ।
रोजगारीमा गाउँपालिकाले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई छनोट गरी रोजगारी दिईएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । आजबाट गौमुल गाउँपालिका सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ ।
आफुहरु जस्तै धेरै युवाहरु भारतका बिभिन्न शहरमा कामको शिलशिलामा जाने गथ्यौँ प्रधानमन्त्री रोजगार कार्यक्रमले आफुहरुलाई टेवा पुगेको गौमुल गाउँपालिका–६ बाम्नीका युवा कृष्ण बिकले बताउनुभएको छ । आफु विगत १ बर्षदेखि भारतमा बस्दैँ आएको थिए गाउँमा काम पाउँदा निकै हर्षित भएको बताउनुभयो ।
आफुहरु जस्तै धेरै बेरोजगार युवालाई सरकारले यसरी नै गाउँघरमै रोजगारी सिर्जना गरिदिए भारतका बिभिन्न शहर धाउँनुपर्ने बाध्यता हट्ने सोही वडाका अर्का युवा पदम बिकले बताउनुभएको छ । कार्यक्रमले युवाहरु बढी उत्साहित भएका छन् । बेरोजगार भएर बस्नुपर्ने आफुहरुको बाध्यता केहीँ समयका लागि भएपनि टर्ने भएपछि स्थानीय युवाहरु हर्षित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार