शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • बाजुराका ५ सस्कृती तथा पर्यटन मार्गमा बजेट बिनोजन

बाजुराका ५ सस्कृती तथा पर्यटन मार्गमा बजेट बिनोजन

  • सोमवार, जेष्ठ २७, २०७६
बाजुराका ५ सस्कृती तथा पर्यटन मार्गमा बजेट बिनोजन

बडीमालिका खवर
बाजुरा २७ जेठ
सरकारले सार्वजनिक गरेको देशभरका पर्यटकीय गन्तव्यको सूचीमा बाजुराका पाचँ ओटा धार्मीक तथा पर्यटकिय क्षेत्र पनी समाबेश गरिएका छन् । जिल्लाका महत्वपुर्ण पाचँ ओटा पर्यटकिय क्षेमा बडीमालिका, बुढीनन्दा लगायत ५ ओटा पर्यटकिय क्षेत्रका लागी बजेट समेत बिनियोजन भएको छ । अघिल्लो अर्थिक बर्षमा १ सय गन्त्ब्य मध्य दुई ओटा गन्तब्य बाजुरामा परेको थिए । बाजुराबाट निर्बाचित सघिय सांसद लालबहादुर थापाको अगुवाईमा यस बर्ष ५ ओटा पर्यटकीय क्षेत्रमा बजेट समेत बिनियोजन भएको सासंद लालबहादुर थापाका स्वगिय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् । मानव बिकास सुचाङकको पुछारमा रहेको बाजुरामा पर्यटन क्षेत्रको बिकासले टेवा पुग्ने भएकोले आबस्यक पहल गरि बजेट बिनियोजन गराएको रोकायाले बताएका छन् ।
आर्थिक वर्ष २०७६र०७७ को बजेटमा सस्कृती ,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय बाट तपशिलका योजना समाबेश गरि बजेट बिनियोजन गराएको रोकायाले बताएका छन् । जसमा बडिमालिका पदमार्ग निर्माणका लागि रु. ८० लाख, कोल्टी बुढिनन्दा ( बडिमालिका पदमार्ग रु ५०लाख, पादुका मन्दिर त्रिबेणि धाम संरक्षण कार्यका लागि रु २०लाख, डाव खप्तड पर्यटन बिकासका लागि रु.२५ लाख, गोत्रि मालिका त्रिबेणि पर्यटन मार्ग रु .१५ लाख बजेट बिनियोजन गरिएको सघिंय सांसद लालबहादुर थापाका स्वगिय सचिव रोकायाले बडीमालिका खवरलाइ जानकारी दिएका छन् । साथै बडिमालिका मन्दिर परिसर निर्माणका लागि पुरातात्त्व बिभाग बाट रु १ करोड बिनियोजन भएको उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार