शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रियंकाले रचिन इतिहास : कान्स फिल्म फेस्टिभलमा पहिलाचोटी नेपाली कलाकारलाई आयो निम्तो

प्रियंकाले रचिन इतिहास : कान्स फिल्म फेस्टिभलमा पहिलाचोटी नेपाली कलाकारलाई आयो निम्तो

  • सोमवार, जेष्ठ ६, २०७६
प्रियंकाले रचिन इतिहास : कान्स फिल्म फेस्टिभलमा पहिलाचोटी नेपाली कलाकारलाई आयो निम्तो

विश्व चलचित्रकर्मीका लागि यतिखेर फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल ठूलो महोत्सव बनेको छ । विश्वभरका फिल्मकर्मीहरु कान्सको रेड कार्पेटमा हिंड्न पाउनु आफ्नो सौभाग्य ठान्दछन् । बलिउडका कलाकारहरुले धेरै अघिदेखि कान्समा उपस्थिती जनाएपनि नेपाली कलाकारहरुले यस्तो मौका पाएका थिएनन् तर यो सौभाग्य पाएकी छिन् अहिलेकी लोकप्रिय र व्यस्त नायिका प्रियंका कार्कीले ।

कान्सको छनौट समितिले प्रियंकालाई गत अप्रिलमै निम्ता गरेको प्रियंकाले बताएकी छिन् । आफु नेपाललाई प्रतिनिधित्व गरेर कान्ससम्म पुग्न सक्नु निकै ठुलो उपलब्धी र जिम्मेवारीको कुरा भएको भन्दै विश्वसमुदायमा नेपाली कला र संस्कृतीलाई प्रदर्शन गर्न उत्सुक रहेको बताएकी छिन् ।

कान्स फिल्म फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी छ । मे २५ सम्म चल्ने यो महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु ऐश्वर्या राय, प्रियंका चोपडा, दिपिका पादुकोण, कंगना रनावत, लगायतले सहभागीता जनाइरहेका छन् ।

पछिल्लो समय नेपाली दर्शकहरुको रोजाइमा पर्न सफल प्रियंकालाई उनको सामाजिक संजालमा रहेको सक्रियता र चर्चाका कारण कान्स फेस्टिवल टिमले निमन्त्रणा पठाएको हो । कान्समा आफ्नो उपस्थिती जनाउन प्रियंका फ्रान्स उड्दैछिन् ।

चर्चामा

सम्बन्धित समाचार