शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिवनमरणको दोसाधमा पेमा, ७ महिना देखी पाल मुनी बास ( भिडीयाे सहित)

जिवनमरणको दोसाधमा पेमा, ७ महिना देखी पाल मुनी बास ( भिडीयाे सहित)

  • आइतवार, अशोज २४, २०७८
जिवनमरणको दोसाधमा पेमा, ७ महिना देखी पाल मुनी बास ( भिडीयाे सहित)

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ८ बाउलीमा बस्दै आएका पेमा ग्याल्वो गुरुङ जिवनमरणको दोसाधमा रहेका छन् । पेमा बिगत ७ महिनादेखी थला परेका छन । उनलाई पक्षघात संगै क्षयरोग कारण गुरुङ ७ महिनादेखी उपचार अभाबमा अलपत्र परेको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश रावलले वताएका छन् । पेमा ७ महिना देखी पाल मुनी जिवनरमरणको दोसाधमा रहेका छन् ।
पुर्खेली घर बुढिनन्दा नगरपालिका ९ पाण्डुसेन भएपनि गुरुङ जिबिकाको लागि २ ओटा खच्चर चलाउदै बडिमालिका नगरपालिका ८ बाउलीमा बसोबास गर्दै आएका थिए । उनि बिरामी भएपछि उनका दुई खच्चर समेत अरुको जिम्मा दिएको स्थानीयले बताए । उनको आर्थिक स्थिती कमजोर भएका कारण छिमेकीहरुले थोरै रकम संकलन गरी जिल्ला अस्पतालमा उपचार गराएको स्थानीय तनी थापाले बताइन ।
अस्पतालले सुबिधा सम्पन्न अस्पतालमा जान भनेपनि उनलाई आर्थिक अबस्थाले नभ्याएपछि हाल घर नजिकैको पालमा बस्ने गरको उनकी छोरी अन्जलीले बताइन । उनलाई क्षयरोग संगै पक्षघात भए पछि हिडडुल गर्न र चर्पी जान समेत समस्या भएको छोरीले वताईन् ।
पक्षघात भइसकेपछि गुरुङलाई हिडडुल गर्न समस्या भएको र चर्पी जान समेत २ ओटा छोरीले बोकेर लिने गरेको स्थानीय तनी थापाले बताईन । उनकी श्रीमती दावा साङगु गुरुङ १ बर्ष पहिले भिरबाट लडेर मृत्यु भएको स्थानिय थापाले बताइन । आमाको मृत्यु र बुवा बिरामी परेपछि उनकि २ वटा छोरी अहिले अलपत्र अबस्थामा रहेकी छन् ।
बुवा बिरामी भएपछि दुबै छोरीले स्कुल जान पाएका छैनन । उनकी जेठी छोरी अन्जली गुरुङ कक्षा १० मा मालिका माबिमा र कान्छी छोरीस कारु गुरुङ कक्षा ८ मा बालमन्दिर आधारभुत बिद्यालयमा अध्यानरत थिइन । उनका बुवा बिरामी भएर थला परेपछि उनिहरुले बिद्यालय जान नपाएको उनका छिमेकी हर्क गुरुङले बताए ।
बिद्यालय जान बुवालाइ शौचालय लिने समेत कोही छैन्, अर्को बुवा नै बिरामी भएपछि आर्थिक अभाबले समस्या रहेको पेमाकी छोरी कारुले वताएकि छन् । आमाको मृत्युको पिडा नबिर्सीदै उनका बुवा बिरामी भए पछि उनकी दुबै छोरी समेत अलपत्र अबस्थामा परेको छिमेकीहरुले बताए ।
केही महिना अगाडी सामान्य खाध्यान्न बडिमालिका नगरपालिका वडा न ८ को सहयोगमा दिएको भए पनि उनको उपचारमा धेरै खर्च लाग्ने भएकोले दिन नसकेको वडा अध्यक्ष प्रकाश रावलले बताएका छन । पेमाको उपचार र उनको छोरीहरुलाई पठनपाठनमा सहयोग गर्न रावलले आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार