बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • गरीबिले एउटै घरमा १८ परीवार, १५ कोठमा १८ परीवार

गरीबिले एउटै घरमा १८ परीवार, १५ कोठमा १८ परीवार

  • मङ्लबार, बैशाख २४, २०७६
गरीबिले एउटै घरमा १८ परीवार, १५ कोठमा १८ परीवार

प्रकाश सिंह
बैशाख, २४ बाजुरा
सामान्य तया पहाडी क्षेत्रमा एउटा घरमा एक परीवार बस्छन । धेरै बसेमा ठुलो घरमा दुई तिन परीवार बस्छन् । तर तपाईलाई भन्दा बिश्वास नलाग्न सक्छ । बाजुराको त्रिवेणी नगरपालिका – १ बिशाल बजारमा १८ दलित परीवार पूस्तौ देखी एउटै सानो घरमा बस्दै आएका छन् ।
घरपनि पुरानो र जिर्ण अबस्थामा छ । २ तले घरमा जम्मा १५ ओटा कोठाहरु छन् । माथिल्लो तलाको ३ वटा कोठा ठुला छन् । बाँकी १२ कोठा भने सानै रहेका छन् । ठुला कोठाहरुमा २ परीवारका दरले ६ परीवार बसिरहेका छन् । एउटा कोठमा पनि २ वटा चुलो प्रयोग हुने गरेको छ । सानो कोठमा एउटै परीवार मात्र बस्ने गरेको घरमा बस्दै आएकी कमला बिकले बताई । उनले भनिन् “कोठा पनि सानै छन्, बस्नलाई त सारै ग्राहो भएको छ । घर जिर्ण भएकाले कुन दिन भत्कने हो चिन्ता भएको बताईन्” ।
अहिले घरमा १८ परीवारका ६९ जना रहेका गिरी बिकले बताए । उनले भने ‘यी परीवार पूस्तौ देखी यसरी बस्दै आएको जनाए । पहिला त कम परीवार मात्र थिए । अहिले बढदै जादा १८ परीवार पुगेको बताए’ । “अन्यत्र घर लगाउने जग्गा छ न जग्गा किन्ने पैशा नै बाध्य भएर यसै घरमा बस्दै आएको छौ,” गीरीले भने । घरमा सधै झै झगडा समेत हुने गरेका छन् । एउटा परीवारका कम्तिमा पनि ३ जना भन्दा बढि छन् । त्यहि पनि एउटै कोठामा बस्दा समस्या भएको उमेरले ६० नागेकी रुपा बिकले बताईन् ।
नागरिक समाजका शेर बहादुर शाहिले भने ‘यति परीवार बसेको आफुले पहिलो चोटि सुनेको बताए । यो एउटा अपवाद भएको जनाए’ । ‘पहाडी जिल्लामा यसरी एउटै घरमा यति परीवार बसेको पहिलो रेकर्ड भएको बताए । १८ परीवारका अलग अलग घर भए एउटा गाँउ नै बन्छ, शाहिले भने । गाबिसलाई खुला दिशा मुक्त गाबिस घोषणा गरीसकेको छ । तर ति परीवारका चर्पी बनाउन समेत समस्या भएको छ । नागरीक समाज शाहीले भने ‘दलित परीवार त्यसैमा गरीब भएकाले तिनिको बाध्यता भएको बताए ।
त्यस्तै त्यहि गाँउमा अर्को घरमा पनि ७ परीवार बस्दै आएका छन् । आफुहरु पनि पहिले देखी नै बस्दै आएको प्रदिप बिकले बताए । गाँउमा अहिले १ सय ६५ परीवार बस्दै आएका छन् । सबै दलित परीवार नै रहेका छन् । बस्ति पनि निकै बाक्लो रहेको छ । गाँउमा खानेपानी को पनि सारै समस्या रहेको छ । बाक्लो बस्ति र अर्को तिर फोहोर वाताबरणले गाँउमा सधै बिरामी भईरहने गरेका स्थानिय बाँसी बताउछन् । यो गाँउ सदरमुकाम मार्तडी बाट २ दिनको पैदल दुरीमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार