बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • समचार प्रभाब : दुई दलित बेसाहारा बालिका एसोएसको संरक्षण

समचार प्रभाब : दुई दलित बेसाहारा बालिका एसोएसको संरक्षण

  • शनिबार, बैशाख १४, २०७६
समचार प्रभाब : दुई दलित बेसाहारा बालिका एसोएसको संरक्षण

बडिमालिका समचार
बाजुरा, १४ बैशाख
बडीमालिका नगरपालिका ४ रिलाका बेशाहारा ७ बर्षिय जोती दमाई र ५ बर्षकि बिपना दमाई दुई दलित बहिनिलाई एसोएस वालग्रामले संरक्षण गर्ने गरि जिम्मा लगेको छ ।
आमा र बुवाको मृत्यु पछि दुई बहिनि बिच्चलीमा परेको समचार बडिमालिका खबर अनलाइन र दि हिमालयन टाईम्समा समचार प्रकाशित उनिहरुलाई एसोएस वालग्राम धनगढीले पालनपोषण, शिक्षादिक्षा सहितको जिम्मा लिएको छ । समचार प्रकाशित पछि एसोएस वालग्रामको टोली स्थलगत पुगेर उनिहरुको अबस्था बुझेको थियो । समचारमा प्रकाशित अनुसार दुई बहिनिको अबस्था निकै नाजुक रहेकोले उनिहरुलाई एसोएस वालग्राम धनगढीले संरक्षणका लागि लगेको एसोएस वालग्राम धनगढीका प्रमुख पदम हमालले वताएका छन् । उनिहरुको स्थलगत अबस्था अध्ययन गरेर आफुहरुको बैठेक मार्फत उनिहरुलाई ल्याउने निर्णय पछि ल्याएको हमालले वताए ।
आमा मोतीकला दमाईको ४ बर्ष पहिले बच्चा पाँउने बेला मृत्यु भएको थियो, भने बुवा लाल दमाईको दुई महिना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनि बिच्चलीमा परेकी हुन् । दुबै बहिनि ७० बर्षिय औला दमाई बज्यैको साहारामा बस्दै आएकि स्थानिय राधिका सिंहले वताएकि छन् । बुवाको उपचारको क्रममा भारतमा दुई महिना पहिला मृत्यु भएको थियो ।
गएको फागुनको महाशिबरात्रीको दिनमा उपप्रमुख कबिता बिष्ट, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले उक्त समुदायको अनुगमन समेत गरेका थिए । यि दुबै बहिनि बिद्यालय समेत जादैनन थिइन्, दुबैको उमेर बिद्यालय जाने भन्दा बढि भइसक्दा सम्म पनि आर्थिक अबस्था कमजोर भएकाले बिद्यालय जान सकेका थिएनन् । घर समेत नभएका यिनको अर्काको झुप्रो घरमा बस्दै आएको राधिका सिंहले वताएकि छन् । अलिकति बुढि बज्यैको सामाजिक सुरक्षा भत्ताले छाक्क टार्ने गर्दै आएकि थिईन् ।

चर्चामा

सम्बन्धित समाचार