शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • गौमुल
  • छाउगोठ मुक्त एक मात्र स्थानिय तह-गौमुल गाँउपालिका

छाउगोठ मुक्त एक मात्र स्थानिय तह-गौमुल गाँउपालिका

  • शुक्रबार, बैशाख ६, २०७६
छाउगोठ मुक्त एक मात्र स्थानिय तह-गौमुल गाँउपालिका

बडिमालिका खबर
बाजुरा, १३ मंसिर
शुदुरपश्चिम प्रदेशका पहाडि जिल्ला छाउपडि प्रथाले निकै जरो गाडिरहेको छ । बाजुरा, अछाम, डोटि बझाङ्ग जिल्ला बेला बेलामा छाउपडि प्रथाले चर्चा पाँउने गर्छन् । तर बाजुराको एउटा स्थानिय तहमा भने एउटा पनि छाउगोठ नभएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुरा र गौमुल गौमुल गाँउपालिले प्रत्येक घर घरमा पुगेर अबस्था अध्ययन गरेर एउटा पनि छाउगोठ नरहेको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए । बुढिन्नदा नगरपालिका ९ मा गएको पौष २४ गते छाउपडि गोठमा निस्सासिएर तिन जनाको मृत्यु भएपछि प्रहरीले स्थानिय तह सँग समन्वय गरेर जिल्लाभरी छाउगोठको तथ्याङ्क संकलन गरेको थियो । बाजुरामा रहेका नौ वटै स्थानिय तहमा टोल टोलमा पुगेर तथ्याङ्क संकलन गरेका थियौ, तर गौमुल गाँउपालिकामा भने एउटा पनि छाउगोठ नभेटिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।
दुई बर्ष पहिला गाँउमा फाटफुट छाउगोठ भएपनि टोल टोलमा गएर छाउपडि प्रथा सम्बन्धि चेतना फैलाउदै गएपछि पुरै गाँउपालिका छाउगोठ मुक्त रहेको अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । अहिले गाँउपालिका सबै महिला महिनावारी भएको बेला घरमै सुरक्षित कोठामा बस्ने गरेको रोकायाले वताए । गाँउपालिका ५ बस्ने मना रोकायाले भनिन्, एक बर्ष पहिला सम्म छाउगोठ बस्दै आएकि थिए, अहिले भने घरमै बस्ने गरेको वताईन् ।
गाँउपालिकामा १५ सय ८८ परिवार रहेका छन् । गाँउपालिकाको जनसंख्या १० हजार ४ सय ९६ रहेको छ । प्रत्येक घर घरमा पुग्दा एउटा ठाँउमा पनि छाउगोठ नभेटिएको गाँउपालिकाकि उपाअध्यक्ष सिता थापाले वताईन् । महिलाहरुले महिनावारी हुँदा भोग्नु परेको समस्याका बारेमा टोल टोलमा पुगेर चेतना दिएपछि भएका छाउगोठ पनि महिलाहरुले आफै भत्काएको थापाले वताईन् । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार अन्य ८ वटा स्थानिय तहमा ३ सय ८९ छाउगोठ रहेको जनाएको छ, तर गौमुल गाँउपालिका भने एउटा पनि छाउगोठ नरहेको जनाएको छ ।
गौमुल गाँउपालिकाले छाउगोठ मुक्त सँगै सामाजिक सदभाब, साना साना बिकास निर्माणका कामका लागि अरुको भर नपर्नु पर्ने र समाजमा आफ्नो अपन्त्वका देशका लागि महिनामा दुई दिन भन्ने अभियान चलाएको छ । प्रत्येक परिवारले महिनामा दुई दिन गाँउ टोल सरसफाई, धारा कुवा निर्माण, बाटो पुल पुलेसा, बिद्यालय निर्माण लगायत सामाजिक काममा काम गदै आएका छन् । प्रत्येक परिवारका एकजना सदस्यले महिनामा दुई दिन सामाजिक काम गर्ने भएका छन् ।
त्यस्तै मदिरा ब्यबस्थित गर्नका लागि मदिरा कार्ड ब्यबस्थापन गरेको छ । नयाँ बाहिर बाट जाँदा मदिरा सेवन गर्नेले अथिति कार्ड लिनुपर्ने हुन्छ । नभए गाँउपालिकामा मदिरा सेवन गर्न नपाउने रहेको छ । गत साउन देखी नै मदिरा कार्ड लागु गरि कान्वर्यनमा ल्याएको छ । मदिरा ब्यबस्थित पार्नका लागि गाँउपालिकाले मदिरा कार्डको ब्यबस्था गरेको गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार