शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • पर्यटन
  • खप्तड बिकासका लागी सुदूरपश्चिम प्रदेश सरकारले गर्यो महत्वपुर्ण निर्णय

खप्तड बिकासका लागी सुदूरपश्चिम प्रदेश सरकारले गर्यो महत्वपुर्ण निर्णय

  • बिहिबार, चैत्र १४, २०७५
खप्तड बिकासका लागी सुदूरपश्चिम प्रदेश सरकारले गर्यो महत्वपुर्ण निर्णय

बिगत केही बर्षदेखी अन्यौलग्रत बनेको सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थल मध्यको खप्तडको बिकासका लागी नितीगत बाटो खुला भएको छ । बुघबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्था समिति गठन आदेश २०७५ स्वीकृत गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न ४ वटा कानुनहरु स्विकृत गरेको छ । बैठकबाट खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्था समिति गठन आदेश, २०७५, सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधी, २०७५, कोल्ड स्टोर, कोल्डरोप, राईपेनिङ्ग च्याम्बर निर्माण कार्यविधी २०७५ र गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाहरुलाई उद्धार गर्ने कार्यविधी २०७५ स्वीकृत गरेको सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्रीका प्रमूख स्वकीय सचिव शिव सिं ओलीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले तयार गरेको गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा रहेका महिलाहरुलाई उद्धार गर्ने कार्यविधि र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कोल्ड स्टोर, कोल्डरोम र राइपेनिङ च्याम्बर निर्माण कार्यविधि स्विकृत गरिएको हो ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पेश गरेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्था समिति गठन आदेश र नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि स्विकृत गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार