बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • शिवीरबाट ८२ बर्षिया बुढाले पाए नागरिकता

शिवीरबाट ८२ बर्षिया बुढाले पाए नागरिकता

  • सोमवार, चैत्र ११, २०७५
शिवीरबाट ८२ बर्षिया बुढाले पाए नागरिकता

बडीमालिका खवर, बाजुरा ११ चैत्र ____गौमूल गाउपालिका वडा न ३ का ८२ वर्षीया बुदे बोहराले सोमबार घरदैलोमै नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा गौमूल गाउपालिकाको कार्यलयमा नागरिकता र फोटो सहितको मतदाना नामावली प्रदान गरेका छन् । नगारिकता शिवीरको आयोजनाबाट नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिए ।
नागरिकता नहुँदा बोहराले लामो समय देखी वृद्धभत्ता पाउन सकेको थिएनन् । त्यो सँगै नागरिकता चाहिने अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरेका छन् । बिहे नगरेर भाई र आफन्तको सहयोगमा बसेका बोहरालाई कुनै नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको उनले बताए । शिवीर बस्ने थाहा पाएपछि उनकी भतिजी नाता पर्ने विमला बोहराले उनलाई गाउँपालिकाको कार्यलयमा ल्याएर नागरिकता लिन सहयोग गरेको बिमला बोहराले बताईन् ।
प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालको हस्ताक्षेरीत नागरिकता प्रतिनिधि सभाका सदस्य माननिय सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले संयूक्त रुपमा हस्तान्त्रण गरेका हुन् ।
नागरिकता सम्बन्धि शिवीरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताएका छन् । शिवीरमा नागरिकता फोटो सहितको मतदाता नामवली, भेटेनरी शाखाले पशु सम्बन्धि निशुल्क सेवा दिने आयोजकले बताएको छ ।


नागरिकता हस्तान्त्रण तथा शिवीरको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्या मननीय लालबहादुर थापाले राज्य गाउँमा आएको छ, सवै नागरिकले नागरिकता सौभाद्रपूर्ण रुपमा लिन अनुरोध गरेका छन् ।
यो भन्दा पहिला वडा अध्यक्षले नागरिकताको सिफारिस गर्दा बहुविबाह गरेका श्रीमान विदेश हुदा विहे गरेको छैन भन्दै माईतीबाट सिफारिस गरेकोले यस्तो सिफारिस नर्गन बताएका छन् यस्तो सिफारिस गरेको पाईएमा कानून अनुसार हदैसम्मको सजाए हुने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक बर्षमा खप्तड छेडेदह गाउपालिका, बुढिगंगा नगरपालिका, बुढिनन्दा नगरपालिका र गौमूल गाउपालिकामा शिवीर संचालन गरेर शिवीरबाट २६ सय बढीलाई नागरीकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी बताएका छन । गाउँमा संचालन भएका शिबिरबाट महिला बृद्ध बृद्धा अपाङ्ग जस्ता नागरिकले सहज रुपमा सेवा पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार