• होमपेज
  • विचार/ब्लग
  • म राजनीतिक व्यक्ति हुँ तर फुर्सदमा परिवर्तनका लागि गीत लेख्ने गर्दछुः झलनाथ खनाल

म राजनीतिक व्यक्ति हुँ तर फुर्सदमा परिवर्तनका लागि गीत लेख्ने गर्दछुः झलनाथ खनाल

  • शनिबार, चैत्र ९, २०७५
म राजनीतिक व्यक्ति हुँ तर फुर्सदमा परिवर्तनका लागि गीत लेख्ने गर्दछुः झलनाथ खनाल

९ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताएका छन । शनिबार अाफ्नै  ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगारजस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताए । उनले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पु¥याउने दाबी गरे ।

आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भए पनि फुर्सदको समयमा गीत लेख्ने गरेको बताए । “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उहाँले भन्नुभयो, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।”

उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सेनाले गरेका छन भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराललगायत कलाकारले गाएका छन । खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकालेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा अोली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायत सहभागी रहेका थिए ।

   

चर्चामा

सम्बन्धित समाचार