शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गौमुल
  • कृर्षिमा आत्म निर्भेर बन्न गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुुर रोकायाको आग्रह ।

कृर्षिमा आत्म निर्भेर बन्न गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुुर रोकायाको आग्रह ।

  • शुक्रबार, चैत्र ८, २०७५
कृर्षिमा आत्म निर्भेर बन्न गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुुर रोकायाको आग्रह ।

  रमित बि.क.बाजुरा चैत ८:- आज गाउँपालिकाकै कार्यालय घट्मुनामा बृहत कृर्षि मेला प्रर्दशनीको आयोजना गरिएको छ । गौमुल गाउँपालिकामा बृहत कृर्षि मेला प्रर्दशनी कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकालाई कृर्षिमा आत्म निर्भेर बनाई जिविकोपार्जनामा टेवा पुर्याउने उद्देश्य सहित कृर्षि मेला प्रर्दशनीको आयोजना गरिएको गौमुल गाउँपालिका कृर्षि विकास शाखा प्रमुख रमेश बिकले बताए ।


स्थानीय उत्पादनमा लाग्ने अभिप्रेरित गराउनुका साथै कृर्षि पेशालाई थप बलियो बनाई जनताहरुले‘एक घर एक करेशाबारी हरेक दिन हरियो तरकारी’ भन्ने नारा लिएको गौमुल गाउँपालिकाले पछिल्लो समय कृर्षिका क्षेत्रमा हरेक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा स्थानीयले उत्पाद गरेका स्थानीय बिउँ संकलन,स्थानीय परिकार,तरकारी बाली,फलफूल,खाद्यान्न,मसाला,नगदे,दलहन र आलु तथा जरे तरकारी लगायतका बालीहरुको स्टल राखिएका थिए । कार्यक्रममा राखिएका स्टलहरुको अनुगमन गरी उत्कृष्ट कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ ।


कार्यक्रममा गौमुल गाउँपालिका वडा नं. १ देखि ६ वडा सम्मका महिला अधिकार मञ्चको आयोजनामा देउडा गीत समेत प्रस्तुत गरिएका थिए । गौमुल गाउँपालिकाको आयोजना सञ्चालन गरिएको कृर्षि मेलामा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना गौमुल गाउँपालिका शाखा, सहास नेपाल, गिफ्ट बाजुरा, सुआहारा र कृर्षि ज्ञान केन्द्र बाजुराकोे समेत कार्यक्रमको प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रममा बिभिन्न स्टलहरुको समेत कार्यक्रमका सहभागीहरुले अनुमगन गरेका थिए । कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि लगायत स्थानीय करिव ४ सय बढीको सहभागिता रहेको थियो ।


गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले सम्पूर्ण गाउँपालिकाबासीहरुलाई कृर्षिमा आत्मनिर्भर बन्न आग्रह गरेका छन । आफ्नो र गाउँपालिकाको उद्देश्य भनेको सड्ने र गल्ले बाली नालीहरुमा आफुहरुले बढवा नदिई ‘हरेक बार खाना चार’को उत्पादनको गाउँपालिकाले लक्ष्य लिएको बताएका छन् । गाउँपालिकाले लिएकाले उदेश्य सबै गाउँपालिका बासीहरुले कृर्षिमा आत्म निर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।


आज गाउँपालिकाले आयोजना गरेको बृहत कृर्षि मेला प्रर्दशनीको संबोधन गदैँ गाउँपालिका अध्यक्ष रोकायाले यस्तो बताएका हुन । हरेक कृषक दाजुभाई दिदीबहिनीहरुले लामो अवधिका बालीनालीहरुमा जोड दिन अनुरोध गरेका छन् । जिल्लामा बाहिरबाट हरेक तरकारी भित्रिने प्रबृति बढी रहेको बेला यसको अन्त्य गर्ने समेत गाउँपालिकाले कृर्षि मेला प्रर्दशनीको आयोजना गरिएको अध्यक्ष रोकायाले बताए ।
रोकायाले जिल्ला बाहिरबाट तरकारी भित्रिने प्रबृति बढी देखिएकोले तरकारीमा केही मात्रामा भएपनि गाउँपालिका आत्मनिर्भर बन्दै गईरहेको बताए । एक फरक प्रसंङ्गमा बोल्दै रोकायाले गाउँपालिकाले लिएको मदिरा व्यवस्थापनले फट्को मार्न सफल भएकोले यसमा सबैको साथ सहयोग आवश्यक रहेको र सबैले निगरानी गरिदिन आह्वान समेत गरेका छन ।
कार्यक्रममा बोल्दै गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले गौमुल बासीहरुले आफैले उत्पादन गरेका आर्गनिक उत्पादनलाई बढवा दिई विहाना बेलुका खाने बानीको विकास गराउन समेत गाउँपालिकाले बृहत कृर्षि मेला प्रर्दशनीको आयोजना गरिएको बताइन ।

 

चर्चामा

सम्बन्धित समाचार