बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • महिला हिसां तथा बालबालिका अधिकार सम्बन्धी दुई दिने रणनितिक याेजना कार्यक्रम सम्पन्न

महिला हिसां तथा बालबालिका अधिकार सम्बन्धी दुई दिने रणनितिक याेजना कार्यक्रम सम्पन्न

  • मङ्लबार, चैत्र ५, २०७५
महिला हिसां तथा बालबालिका अधिकार सम्बन्धी दुई दिने रणनितिक याेजना कार्यक्रम सम्पन्न

बडीमालिका खवर
बाजुरा ५ चैत
बडीमालिका नगरपालिकामा २ दिने महिला हिसां तथा बालबालिका अधिकार सम्बन्धी रणनितिक याेजना कार्यक्रम सम्पन्न भएको छ । हिसांमा परेका महिलाहरु र बालअधिकार सम्बन्धी २ दिने रणनिती याेजना गाेष्ठी कार्यक्रमको आयोजना गरिएको हो ।
एकल तथा हिंसा  पिडित महिलाहरूलाई र अधिकार बाट बिमुख रहेका बालबालिकाहरुका लागी २ दिने तालिमको आयोजना गरिएको तथा सहायक महिला बिकास निरीक्षक  बिन्दु बडालले बताएकी छन । नगरपालिका भित्र रहेका हिसौमा परेका महिला तथा बालबालिकाहरुलाइ कसरी लैजाने तथा तिनिहरुकोलागी नगरले कस्ता योजना बनाउदा फाइदा हुन्छ भन्ने बिषयमा तालिमको आयोजना गरिएको तथा सहायक महिला बिकास निरीक्षक बिनदु बडालले बताईन ।  महिला तथा बालबालिकाहरुको योजनामा नगरपालिकाले बनाउने योजनाहरुमा कसरी सहयोग गर्ने तथा त्यस्ता महिला तथा बालबालिका लागी के गर्दा फाइदा पुग्न सकिन्छ भन्ने बिषयमा तालिमको आयोजना गरिएको बताएको छ । बडिमालिका नगरपालिका  का ९ वटा वडाका गरि ३० जना कार्यपालिका सदस्य तथा  सो क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागीता रहेको तथा सहायक महिला बिकास निरीक्षक बडालले बताएकी छन ।  तालिमको सहयोग युनिसेफले गरेको थियो भने कार्यक्रमको आयोजना बडिमालिका नगरपालिका  महिला बालबालिका तथा समाज कल्याण  उपशाखाले गरेको बताएको छ । तालिमको सहजीकरण यूनिसेफका कुङगा लामाले गरेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार