शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

  • बुधबार, फाल्गुन २९, २०७५
प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास

बडीमालिका समचार
बाजुरा, २९ फागुन
प्राकृतिक विपद्का लागि आकस्मिक पुर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धि सम्वन्धि एक आकस्मिक पुर्वअभ्यासको कार्यशाला भइरहेका छन् । बिपत जोखिम न्युनिकरण, व्यवस्थापनमा सरकारी र मानवीय सहायतकर्मी संस्थाहरुलाई तालिम प्रदान गरी आकस्मिक पुर्वतयारी र प्रतिकार्यमा सहयोग पुर्याउने उद्देस्यले पुर्वअभ्यास भइरहेको रेडक्रस बाजुरामा कार्यरत ईश्वरा सुबेदीले वताएकि छन् ।
प्राकृतिक विपद् न्युनिकरणका लागि पुर्वअभ्यास सदरमुकाम मार्तडी पछि स्थानिय तहमा भइरहेका छन् । बिपदमा पर्दा कसरी ब्यबस्थापन गर्ने बारेमा वडामा वडामा अभ्यास भइरहेका छन् । त्रिबेणी नगरपालिकाको तोली, छतारा र कैलाशमाण्डौ पुर्वअभ्यास भएको ईश्वरा सुबेदीले वताईन् । त्रिबेणी नगरपालिकामा त्रिबेणी नगरपालिका स्तरीय बिपत्त तथा जलबायु उत्थान समितिको आयोजना भएको पुर्वअभ्यासमा युनिसेफको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटिकको प्राबिधिक सहयोगमा पुर्व अभ्यास भइरहेका छन् ।
पुर्वअध्यासमा बिद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानिय, जनप्रतिनिधिको सहभागिता हुने गरेको छ । पहिला अभ्यास बारे जानकारी गर्ने पछि अभ्यासका रुपमा लिने गरेको त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनारले वताएकि छन् । यो अभ्यासले बिपत्त पर्दा निकै सहयोग पुग्ने सुनारले वताएकि छन् ।
सहभागीले अभ्यासको क्रममा सरोकारवाला निकायहरुसँग निर्णय लिने र समन्वय गर्नुका साथै घुम्ती भण्डारण इकाइ र दुरसञ्चार उपकारणको स्थापना कार्य जस्ता व्यवहारिक कुराहरुको सिप विकास गर्ने काम गरिएको थियो । विपद् व्यवस्थापन सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने पुर्व तयारी तथा प्रतिकार्यलाई पुर्वचेतावनी प्रणालीसँग प्रभावकारी रुपमा जोड्ने उदेश्यले आयोजित रहेको स्थानियले वताए ।

चर्चामा

सम्बन्धित समाचार