शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • मदिरा नियन्त्रण गर्न बाजुराका महिलाको माग

मदिरा नियन्त्रण गर्न बाजुराका महिलाको माग

  • आइतवार, फाल्गुन २६, २०७५
मदिरा नियन्त्रण गर्न बाजुराका महिलाको माग

नहकुल जोशी
बाजुरा, २६ फागुन
बाजुराका महिलाहरुले मदिरा वन्द गर्न दवाव दिने भन्दै शनिवार कोल्टी बजारमा प्रर्दशन गरेका छन । बाजुराको कोल्टी बजारमा प्लेकार्ड सहित सडकमा उत्रिएका महिलाहरुले मदिराजन्य पदार्थको प्रयोगले महिला हिंसा बढेको भन्दै अवैध घरेलु मदिराको नियन्त्रण गर्न र बैध मदिराको ब्यस्थापन गर्न मागगर्दै प्रर्दशन गरेका हुन ।
हरेक बर्ष मदिराका कारण जिल्लामा महिला हिंसा बढी रहेको, मदिरा सेवनले पुरुषको ज्यानजाँदा महिला र बालवालीकालाई समस्या भै रहेको भन्दै मदिराको नियन्त्रण र नियमन गर्न स्थानिय सरकारलाई दवाव दिने उदेश्यले प्रर्दशन गरिएको जनाएका छन । महिला अधिकार मन्च कोल्टी बाजुराका अध्यक्ष निर्मला रोकायाले महिलाहरु हिंसामा पर्ने प्रमुख कारण मदिरा भएको बताउदै स्थानिय सरकारलाई मदिराको नियन्त्रण र नियमन गर्न दवाव दिनका लागि शनिवार प्रर्दशन गरिएको बताइन ।


विभिन्न नारा लेखिएका प्लेकार्ड सहित बजारमा उत्रिएका महिलाहरुको प्रर्दशनमा नागरिक सेवा सरोकार मञ्च बाजुराले समेत ऐक्यवद्धता जनाएको छ । नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले मदिराका कारण महिला माथि यौन हिंसा र अन्य घरेलु हिंसा बढी रहेकाले स्थानिय सरकारलाई दवाव दिन महिला अधिकार मन्च संग समन्वय गरी शनिवार ¥याली सहित प्रर्दशन गरिएको र आइतवार स्थानिय तहका सरकार प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको बताए ।
एक तथ्याङक अनुसार बाजुरा प्रहरीमा दर्ता हुने हिंसाका घटना मध्य ८५ प्रतिशत हिंसा मदिराका कारणले हुने गरेको पाइएको छ । यस आर्थिक बर्षको साउन यता हाल सम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनामा मदिराका कारण जटिल प्रकारको महिला हिंसा ११ वटा भएका छन भने ५८ वटा सार्वजनिक अपराध सम्वन्धी घटना पनि घटेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले हाल सम्म कोल्टी क्षेत्रमा मात्र मदिराका कारण ३ जनाको मृत्यु भएको र मादक पदार्थ सेवन कर्ता ४ सय ६० जनालाई कारवाहि गरेको समेत जनाएको छ ।
जिल्लाका सवैजसो बजारमा जति सुकै बेला जसले पनि मदिरा किन बेच गर्न पाउने भएकाले कारणले त्यसको नियन्त्रण र नियमन गरिनुपर्नेमा महिलाहरु प्रर्दशन गरेका हुन । स्थानिय सरकारले नियन्त्रण नगर्दा सामान्य खुद्रा पसलेले समेत मदिरा विक्रि गर्ने हुदा थप समस्या भै रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार