बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दानव राज्य भएको एक मात्र देश नेपाल

दानव राज्य भएको एक मात्र देश नेपाल

  • शनिबार, फाल्गुन २५, २०७५
दानव राज्य भएको एक मात्र देश नेपाल

मुलुकहरूको तुलनामा अन्य मुलुकहरूमा राजनीतिज्ञ नेताहरू छन र राजनीतिज्ञ नेताहरूले शासन सत्ता गरेका छन।तर हाम्रो मुलुक नेपालमा दानवहरुले शासन गरेका छन।दानवहरुले आफ्नो भने अनुकुलको काम नगर्ने हो भने प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आदि आदि जस्ताहरुलाई महाअभियोग लगाउन सम्म पछि पर्दैनन।हिजो सम्म चप्पल पनि नलगाउने खाली खुट्टा हिंडने खातेहरुले हत्या,हिंसा जस्ता अपराध गर्ने अपराधीहरुले सत्र हजार सर्व साधारण नागरिकहरुको ज्यान लिए ,कैयौं महिलाहरुको बलात्कार गरे र कैयौं नागरिकहरुलाई अपांग बनाए मुलुकको राष्ट्रिय संरचना हरुलाई समेत ध्वस्त पारे आफ्नै लडाकुहरुको पैसा खान सम्म पछि परेनन।दानवहरुले पुरानो वाइडबोडी विमान खरिदमा चार अर्ब पच्पन्न करोड घोटाला गरेका छन।

३३ के जी सुन र पुरानो वाइडबोडी विमान आदि आदि जस्ता काण्डहरुमा सबै दानवहरुको मिलोमतो र भागबन्डा छ यसकारण एक अर्कोको विरोधमा कोहि पनि बोल्न चाहदैनन तैं चुप मैं चुप ?प्रधानमन्त्री के पी शर्मा ओली भने पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइडबोडी विमानमा भ्रष्टाचार गरेको छैनन गलत ढंगले रविन्द्र अधिकारीको नाम बदनाम गराउने काम गरियो भन्दै प्रधानमन्त्री के पी शर्मा ओलीले रवीन्द्र अधिकारी प्रति सहानुभूति देखाउने काम गरेका छन । यसको अर्थ प्रधानमन्त्री के पी शर्मा ओलीलाई वाइडबोडी विमान भ्रष्टाचारमा संलग्न को को छन सबै कुरा थाहा छ । प्रधानमन्त्री के पी शर्मा ओलीले रवीन्द्र अधिकारी जीवित हुँदै भन्न सकेनन किन?वाइडबोडी विमानमा रवीन्द्र अधिकारीले भ्रष्टाचार गरेनन भने भ्रष्टाचार गर्ने को हो ?

प्रधानमन्त्री के पी शर्मा ओलीले जवाफ दिनुपर्ने छ ?प्रधानमन्त्री के पी ओलीको भनाइ अनुसार वाइडबोडी विमान भ्रष्टाचार गर्नमा को को संलग्न छन के पी ओलीलाई थाहा छ यसकारण अहिले सरकार प्रमुख नै के पी ओली छन र सरकार नेपाल कम्युनिस्ट पार्टीको एकलौटी दुई तिहाइ बहुमत भएको छ।राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुनः, राम बहादुर थापा,कृष्ण बहादुर महरा, सुभाष नेम्वाङ, वर्षमान पुन प्रचण्ड भन्ने पुष्प कमल दाहाल र प्रधानमन्त्री के पी शर्मा ओली समेत मदन भण्डारीको हत्यारा, स्वर्गीय बिरेन्द्र शाह वंशको हत्यारा र वाइडबोडी विमानमा भ्रष्टाचार गर्ने यी सबै विषय वस्तुहरुमा मुद्दा गर्न सर्बोच्च अदालत जानुपर्ने हो दुई तिहाइ बहुमत भएको सरकार सर्बोच्च अदालतमा मुद्दा गर्न जाने हो भने सर्बोच्च अदालतले मुद्दा दर्ता नगरीकन सुख पाउँछ ?एकलौटी दुई तिहाइ भएको सरकार पक्ष सर्बोच्च अदालतमा मुद्दा दर्ता गर्न नगएको किन ?

नेपाल कम्युनिस्ट पार्टीको एकलौटी दुई तिहाइ बहुमत भएको सरकार सर्बोच्च अदालतमा मुद्दा गर्न जानलाई चुप किन?एकलौटी दुई तिहाइ भएको सरकार संग वरिष्ठ,माहिर,सिपालु र क्षमतावान वकील (अधिवक्ता)हरुको के कमी ?नेपाल कम्युनिस्ट पार्टीको एकलौटी दुई तिहाइ बहुमत भएको सरकारले मदन भण्डारी हत्याकाण्ड, बिरेन्द्र शाह वंश हत्याकाण्ड, ३३ के जी सुन र वाइडबोडी विमान भ्रष्टाचार काण्ड पत्ता नलगाए कसले पत्ता लगाउने?अब पत्ता नलगाउन नसके एकलौटी दुई तिहाइ बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी को सरकारले कहिले पनि वाहियात र लाजमर्दो कुरा नगरे नै बेस हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीका विद्या देवी भण्डारी, के पी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, सुभाषचन्द्र नेम्वाङ, भीम रावल, बामदेव गौतम, जनार्दन शर्मा, पुष्प कमल दाहाल, नन्द बहादुर पुन, वर्षमान पुन, कृष्ण बहादुर महरा, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ र कार्यकर्ताहरु समेतलाई एकलौटी दुई तिहाइ बहुमतको दम्भ र घमण्ड छ भने विशेष गरी बिरेन्द्र शाह वंशको हत्यारा पत्ता लगाई अपराधीहरूलाई जेलमा हाल्न सक्नुपर्दछ तर अब उप्रान्त जथाभावी ढंगले पुर्व राजा ज्ञानेन्द्र शाहको नाम बदनाम गर्न पाइने छैन सबैलाई मेरो खबरदारी र चुनौती छ ?

यही बेला बिरेन्द्र शाह वंश हत्यारा पत्ता लगाउन विपक्षी दलका दानवहरु र जो जो लागि पर्ने हो सबै मरिहत्ते गरि लागि परेर नेपाल कम्युनिस्ट पार्टीको एकलौटी दुई तिहाइ बहुमतको सरकारलाई सहयोग गरे हुन्छ तर अब पनि हत्यारा पत्ता नलगाए पुर्व राजा ज्ञानेन्द्रको नाम बदनाम गर्न पाईने छैन।मेरो खबरदारी र चुनौती छ ?

मलाई राम्रो संग थाहा छ मदन भण्डारी हत्याकाण्ड, बिरेन्द्र शाह वंश हत्याकाण्ड, ३३ के जी सुनकाण्ड र वाइडबोडी विमान भ्रष्टाचारमा दानवहरुको नै संलग्नता छ।यसकारण केही पत्ता लाग्ने वाला छैन तैं चुप मैं चुप सबै जना चुपचाप रहने छन कोही बोल्ने वाला छैन।

मैले हाम्रो देशमा राष्ट्रको रक्षा गर्ने सेनालाई माने जनयुद्ध कालमा सेनाहरुलाई अपांग, सेनाहरुको विभत्स र नर संहार हुने गरि हत्या गरियो तथा राष्ट्रिय सम्पत्ति र राष्ट्रिय संरचनाहरु ध्वस्त पारियो तब पनि सेनाहरुले कायरता देखाएर चुपचाप बसे किन?वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार भएको राष्ट्रको सम्पत्ति होइन र ? राष्ट्रको सम्पत्ति दुरुपयोग हुँदा पनि सेनाहरु टुलुटुलु हेरी रहेका छन खोइ सेनाले के गर्ला ?पीडा पनि कति सहनु असहाय भयो ।

अब दानवहरुले मुलुकको अखण्डता र स्वाधीनतामा नै आँच आउने गरी नागरिकता विधेयक ल्याउन लागे रोक लगाउन, भ्रष्टाचार र लुटतन्त्र जस्ता अन्यायको अन्त गर्नलाई आँट, हिम्मत र साहस भएको साहसिक योद्धाहरुको उदय जस्ता दैवी चमत्कार हुन हाम्रो मुलुक नेपालका लागि अत्यन्त जरुरी छ।

दानवहरुले शासन गर्दा हे ॐकारेश्वर करुणामुर्ति एक रुपले तीन मुर्ति हुनु भएका त्रिनेत्रधारी, पशुपतिनाथ, किराँतेश्वर, कालभैरव, गुहेश्वरी, पृथ्वीमाता र महाकाली माता दानवहरुले शासन गर्दा हाम्रो देश डुब्न लाग्यो लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिक
राकेश कुमार शर्मा
साविक जिल्ला बर्दिया, गुलरिया न.पा.–६
हाल जि. मकवानपुर हेटौंडा उपमहानगरपालिका–२
मो.नं. ९८४८०५५७७६, ९८१२४९१३९७

चर्चामा

सम्बन्धित समाचार