मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेकपाको आधिकारिक कोही छैन बाजुरामा

नेकपाको आधिकारिक कोही छैन बाजुरामा

  • बिहिबार, फाल्गुन २३, २०७५
नेकपाको आधिकारिक कोही छैन बाजुरामा

बाजुरामा नेकपाको आधिकारिक व्यक्ति नै छैनन् । छन त प्रदेश र केन्द्रीय सदस्य मात्र । सोघोषित भएर पार्टिको मालिक हुने र हिजोको बरिष्ठता खोजेर हालको म हु भन्ने दम्भ दुईटै बेठिक छन । पार्टि पुन निर्माणको चरणमा छ ।
चार जना बजारमा जम्मा भएर नराम्रो हरकत नदेखाउ ९५ ५ कार्यकर्ता गाउमा छन । एउटा कार्यक्रम जति सभ्य बनाउनु पर्ने उहीँ कार्यक्रम बाट असभ्यता देखाउनु राम्रो होईन । बिबाद मिलाउन आधिकारिक प्रदेश सदस्यहरु त त्यतै हुनुहुन्थ्यो नि किन नसोच्न सकेको कमरेडहरु । यस्तै प्रवृत्रिका कारण अघिल्लो पुस्ताबाट थुप्रै कुरा सिकियको छ । पछिल्लो पुस्तामा दोहोरिदै छ यसले स्वयम र पार्टिलाई हानि पुर्याउने छ । के पाउनलाई यस्तो गरिन्छ खासमा । दुई तिहाईको सरकार छ सघमा प्रदेशमा पनि आफ्नै सरकार छ बरु कस्को कहाँ पहुच हुने हो बाजुराको बिकासमा लागि परौन । स्वभाविक रुपमा राजनितिमा लागिसके पछि भोलिका दिनमा राजकिय सम्मान पाउला भन्ने जो कोहिमा हुन्छ नै तर यो पाराले न आफु पाउने न साथि पाउने देखिन्छ ।
के हामी सबै नमिले विपक्षि सग जित्ने सम्भावना छ र ? के मैले अरुका विषयमा नसोचे उसले मेरा बिषयमा पनि सोच्छ कि सोच्दैन भन्ने हेक्का छैन ? फरक मत राख्दा बोलिचालि बन्द हुने बरु अर्काे पार्टि र बिचारधाराको प्यारो मान्ने आन्तरिक स्वच्छ प्रतिस्प्रधाको मोडल पचाउन नसकेका नेता कार्यकर्ता अहिले पनि टन्नै छन । कसैले उ सग किन बोलेको भन्ने, कसैले बोले बिगार्ने होकि भन्ने सकिर्णता आखै अगाडि छन । नया पुस्ताका साथिहो हामी बाउको सम्पतिको उन्मादमा नहौ । समाज बदल्ने जिम्मा पछि हाम्रै हो ।
हामी एउटा सगठन पार्टि भित्र मिलेर बस्न र मिलाउन सक्दैनौ भने विबिधतायुक्त हाम्रो समाज मिलाउन र बदल्न कसरी सकौला र ? कुरा त हामिले एकासौ शताब्दि अनि समाजवाद हुँदै साम्यवादि समाजको कुरा गरिरहेका छौ कतै त्यो कुरालाई हाम्रो सकिर्ण सोचले धुर्सा लाग्ने त होईन यो कुरा बुझ्न जरुरि छ । सक्भर फरक बिचार राख्ने लाई समेटौ नसके आफ्ना भित्रका लाई समेटेर लैजाउ र मिलेर बसौ उपयुक्त होला । अन्यथा घाटाको भाग सबैलाई पर्ने छ त्यसमा ईमान्दार सोझा कार्यकर्ताले बेर्थैमा घाटा वेहोर्नु उपयुक्त हुने छैन । समयमै सकिर्णता, स्वार्थ, रिस, डाह, अहकार, दम्भ, भ्रस्टता, कुचेष्टा, लोभजस्ता शब्दहरु मन भित्रैबाट त्यागौ । सके सपारौ नसके नविगारौ ।

हरि रोकाया- नेता नेकपा बाजुरा

चर्चामा

सम्बन्धित समाचार