शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • महाशिबरात्रीको अबसरमा कृषि मेला प्रदर्शनी

महाशिबरात्रीको अबसरमा कृषि मेला प्रदर्शनी

  • मङ्लबार, फाल्गुन २१, २०७५
महाशिबरात्रीको अबसरमा कृषि मेला प्रदर्शनी

प्रेम रौले, बाजुरा २१ फागुन ।
त्रिवेणी नगरपालिकाको कृषि शाखाले सोेमबार महाशिवरात्रीको अवसरमा नगरपालिकाको आयोजना र ८ वडाको संयोजनमा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरेको छ ।


महाशिवरात्री मेलामा यस वर्ष नगरपालिकाको कृषि शाखाले स्थानीयहरुले उत्पादन गरेको विभिन्न प्रकारका तरकारी, फलफुल, अन्न बाली लगायतका प्रदर्शन गरी मुल्याङ्कन गर्ने गरी उत्कृष्ट भएकालाई पुरस्कारको व्यवस्था सहित मेलाको आयोजना गरिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावलले वताए ।
कृषकलाई प्रोत्साहन गर्ने गरी १ वडा देखि ९ वडाका कृषकलाई मेलामा स्थानीय स्तरमा उत्पादन गरेका सामग्री कृषि मेलामा ल्याउन आग्रह गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख मन बहादुर रावलले वताए । मेला प्रदर्शनीमा साविकका छतारा, तोली र कैलाशमाण्डौं गाविसबाट तकारी तर्फका मुला, आलु, फर्सी, आलु अदुवा, काउली, बन्दागोपी, केराउ लगातका विभिन्न प्रकारका तरकारीहरु प्रदर्शनी स्टलमा राखिएको शाखा प्रमुख रावलले वताए ।
नगरपालिका क्षेत्रका सबै वडालाई कृषि मैत्री नगरपालिका बनाउनका लागि कृषकलाई विभिन्न सहजीकरण र आवश्यक बिउ विजन निशुल्क सहयोग गर्ने गरेको नगरपालिकाका प्रवक्ता तथा ७ वडाका वडाअध्यक्ष प्रेम बहादुर थापाले वताए । सो मेलामा दलहन, फलफुल, तरकारी, खाद्यान्न बाली, मसला, आलु र विविध बालीको प्रदशनी गरिएको बताउनु हुन्छ । प्रर्दशनीमा माटोको समेत परिक्षण गरिएको बताइएको छ ।


मेलाको प्रदर्शनीमा राखिएका विभिन्न जातका फलफुल, तरकारी, खाद्यान्न लगायतका बालीको एक हजार पाँच सय बढीले अवलोकन गरेको नगरपालिकाले जनाएको छ । मेलामा बाली उपचार शिविर, कृषकले ल्याएका ७ वटा बालीका प्रदर्शनी,नगर भरीका कृषका जग्गाको माटो परिक्षण,रोगी बोट विरुवाको उपचार र पोषण बारेमा प्रशिक्षण गरिएको आयोजकले जनाएको छ ।
पर्यटकिय र धार्मिक स्थल मौरे क्षेत्रको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्नका लागि उक्त मेलाको आयोजना गरिएको नगर उप–प्रमुख राधिका सुनारले वताईन् । उहाँले सोमबार लागेको महाशिवरात्रीको पर्व तथा कृषि मेला प्रदर्शनीमा करिव दुई हजार बढी आन्तरिक पर्यटकतथा भक्तालुजन आएको वताईन् ।

उत्कृष्ट तिन कृषकलाई सम्मान
नगरपालिकाको कृषि शाखाले सोमबार महाशिवरात्रीको अवसरमा आयोजना गरिएको कृषि मेला तथा प्रदर्शनीमा कार्यक्रममा नगरपालिकाका व्यवसायिक तिन जना उत्कृष्ट कृषलाई नगद प्रति १० हजार सहित प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको प्रवक्ता थापाले वताए ।


उहाँले नमुना तथा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका यो नगरपालिकाका–४ तोलीका खडक साउँद,सोही नगरपालिका–७ का टेक बहादुर अयडी र ८ वडाका कृषक गंग साउद नगरपालिकाको उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको छ ।
उहाँले भन्नुभयो–“नगरकार्यपालिकाबाट पारित निती तथा कार्यक्रम अन्तरगत नगर प्रमुख स्तरिय उत्कृष्ट कार्यक्रम ल्याइएको छ । सोही कार्यक्रमबाट उत्कृष्ट कृषकलाई सम्मान गरेका छौ ।” नगरपालिकाले पारित गरेको कार्यक्रमबाट नै हरेक वर्ष मापदण्ड अनुसार उत्कृट कृषक छनौट गरी सम्मान र नगद पुरस्कार वितरण गर्ने गरेको वताए ।

 

हाते ट्याक्टर र थ्रेसर हस्तान्तरण
सोमबार लागेको कृषि मेला तथा प्रदर्शनी कार्यक्रममा ९ वटै वडालाई धान चुट्ने थ्रेसर हस्तान्तरण गरिएका छन् । नगरपालिकाको कृषि शाखाको सहयोगमा प्रति वडामा एक वटा धान चुट्ने थ्रेसर दिएको नगरपालिका निमत्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साउँदले वताए । सोही नगरपालिकाका–३ र ८ वडालाई प्रति वडा एक हाते ट्याक्टर वितरण गरिएको वताए ।

यस्तै सोमबार भएको कृषि मेला तथा प्रदर्शनी कार्यक्रममा विभिन्न ७ किसिमका बालीका २८ जना कृषकलाई तिन सय देखि एक हजार सम्मका सामग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ । मेला तथा प्रदर्शनीमा सात किसिमका बालीका प्रथम, द्धितिय, तृतिय र सान्त्वना गरी २८ जनालाई क्रमशःएक हजार,सात सय, पाँच सय र तिन सयका सामग्री कृषकलाई दिइएको हो । सात किसिमका बालीका फरक फरक ७ जना प्रथम,द्धितिय,तृतीय र सान्त्वना गरी २८ जनालाई सामग्री वितरण गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार