शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

  • सोमवार, फाल्गुन २०, २०७५
होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

देशभर होमस्टे व्यवसाय फस्टाएको छ । ठूलो लगानीमा होटेल रिसोर्ट सञ्चालन गर्न सम्भव नहुने, तर पर्यटकको भिड बढ्ने स्थानमा यो व्यवसाय निकै फलदायी साबित भएको छ । सञ्चालकका अनुसार होमस्टेका अधिकांश पाहुना आन्तरिक पर्यटक नै हुन् ।

आन्तरिक पर्यटकको आवागमन वृद्धि भएसँगै होमस्टे सञ्चालकले स्वदेशमै आत्मनिर्भर हुने माध्यम फेला पारेका छन् । तर, होमस्टे बसाइलाई होटेलको जस्तै ठानी जथाभावी गर्न थालियो भने समस्या पर्न जान्छ । किनकि होमस्टेको बसाइ कुनै एक परिवारको व्यक्तिगत भान्सासम्म पहुँच राख्नु हो, उनीहरूकै घरमा सुत्ने अवसर पनि हो । हरेक होमस्टेले पाहुनाका लागि आचारसंहिता बनाएका हुन्छन् । यस्तो आचारसंहिता हरेक कोठामा टाँगिएको पनि हुन्छ ।

– निर्धारित मापदण्ड, खानाको परिकार र परिमाणबाहेक अन्य विषयमा सञ्चालकलाई दबाब दिन पाइँदैन ।
– घरमा हुने कुनै पनि उमेरको महिला, बालबालिकामाथि यौन दुव्र्यवहार गरे कानुनी कारबाही हुन्छ ।
– मौलिक संस्कृति, परम्पराको विरोध गर्न पाइँदैन ।
– आफू रहने कोठा, शौचालय तथा वरपरको वातावरण सरसफाइ राख्ने काममा सहयोग गर्नुपर्छ ।
– तर, मापदण्डअनुसारका सेवा छैन भनेचाहिँ त्यसअनुसार माग गर्नु तपाईंको अधिकार हुन्छ । किनकि होमस्टे तपाईंलाई सेवा दिनकै लागि सञ्चालक गरिएको हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार