शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पुरैगाउँमा भाइरल जरो 

पुरैगाउँमा भाइरल जरो 

  • सोमवार, फाल्गुन २०, २०७५
पुरैगाउँमा भाइरल जरो 

जीवन कुमार कैला
बाजुृरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ३ साविकको नुरी कालगोठीमा भाईरल जरोले स्थानिय सिकिस्त विरामी भएका छन । दिनहुँ चिसो बढे संगै नुरीमा एकसाता यता १ सय २० जना बढी विरामी भएको बुढीनन्दा नगरपालिका वडा न ३ का अध्यक्ष रामबहादुर बोहोराले जानकारी दिनुभएको छ । टाउको दुख्ने जरो आउने खोकीलाग्ने, आङ्गला गल्ने, खान मन नलाग्ने लगाएतका लक्षण देखापरेका छन । भाईरल जरोले गाउँका सवैजना दिनप्रतिदिन जरोले थला प्रर्न थाले पछि घरमा खान पाकाई खान समेत नसक्ने, पशुचैपाया समेत गोठमै राख्नुपर्ने अबस्था आएको स्थानियले दुखेसो गरेका छन । कोल्टी प्राथमिक केन्द्र बजार देखि करीब ६ घण्टा पैदल यात्रामा पुग्ने र आवत जावत गर्न निकै कठीन हुदा स्वास्थ्य सस्थमा आउन नसकेको हुदा दिन प्रतिदिन विरामीले थला परेको विरामीले दुखेसो गरेका छन । पुरै गाउँले विरामी हुदा स्वास्थ्य सस्थामा समेत ल्याउन नसकेको वडा अध्यक्ष । रामबहादुर बोहोराले बताएका छन । यता प्रथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर गणेश चौधरीले भने नुरीका स्थानियलाइ भएको भाइरल जरोका बारे आफुलाइ जानकारी आई सकेको छ तत्काल उपचारका लागि औसधिको ब्यबस्था र जनसशक्ती परिचालनका लागि नगरपालिका लाई जानकारी गराउँने तत्काल स्वास्थ्यकर्मीको टोली पठाउने ब्यबस्थ गर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार