शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अछाममा निशुल्क स्वास्थ्य प्रणालीको एक दशक

अछाममा निशुल्क स्वास्थ्य प्रणालीको एक दशक

  • मङ्लबार, फाल्गुन ७, २०७५
अछाममा निशुल्क स्वास्थ्य प्रणालीको एक दशक

डा. विकास गौचन
एक दशक अगाडि अछाम भर्खर जनयद्धमा थलिएर बिराम गरिरहेको थियो । मजबुत आधारभूत स्वास्थ्य प्रणाली बिना, प्राय पुरुषहरु भारत पसेको, शुक्खा जिल्लामा मदिराको समस्यामा थलिएको र प्राथमिक स्वास्थ्यको लागि पनि अछामीले जिल्ला बाहिर जानु पर्ने अबस्थाको थियो ।
नेपालको हरेक समुदायमा आधारभूत प्राथमिक स्वास्थ्य गुणास्तरीय होस् र निशुल्क होस, नेपालको हिमाल, पहाड र तराइमा अझै पनि कतिपय गाउँमा आधारभूत प्राथमिक स्वास्थ्य हरेक नेपालीको पहुचमा छैन् । सुदुर पश्चिमको पहाडी जिल्ला अछाम स्वास्थ्य सेवाको हिसाबले अलि फरक भने पक्कै छ ।
आज भन्दा थिक दश बर्ष अगाडी न्याय हेल्थ नेपालले अछाम जिल्लाको साँफेबगरमा निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुरु गरेको हो । बिक्रम सम्बत २०६५ जेष्ठ महिनामा साँफेबगरको हाट बजारमा साँफेबगर मेडिकल क्लिनिकबाट प्राथमिक स्वास्थ्य सेवा सुरु गरिएको थियो । सुरुवात देखिनै सबै सेवा निशुल्क गरिएको हो ।
देशको धेरै गाउँमा प्राथमिक स्वास्थ्य सेवा नै नाजुक स्थितिमा रहेको त्यो समयमा अछाममा निशुल्क सेवा सुरु हुनु ठुलो गौरबको बिषय थियो । स्वास्थ्यमा जबसम्म प्राथमिक सेवा बलियो हुदैन तबसम्म गणस्तरीय स्वास्थ्यको जग बलियो हुदैन ।
न्याय हेल्थ नेपालले गैरसरकारी संस्थाको भूमिकामा स्वास्थ्य सेवा संचालन गरेको हो । न्याय हेल्थ नेपालले अमेरिका स्थित न्याय हेल्थ अन्तरास्ट्रिय (अहिले पसीबल) को अभिन्न अंग भै कार्य संचालन गरिरहेको थियो र अहिले पनि त्यो जारी छ ।
करिब एक बर्ष सम्म साँफेबगरको हाट बजारमा रहेको साँफेबगर मेडिकल क्लिनिकबाट स्वास्थ्य संचालन गर्दा प्राथमिक बहिरंग सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, औसधि सेवा तथा ल्याब सेवा समाबेश गरिएको थियो । जब बिरामीको संख्या बढ्न थाल्यो त्यो साँफेबगर मेडिकल क्लिनिक भवन सानो हुने भयो । तेसैले ठुलो ठाउँबाट सेवा दिनको लागि धेरै भवन भएको र ठुलो जग्गा खोज्न थालियो ।
बिक्रम सम्बत २०६६ साल असार महिनामा अहिलेको बयालपाटा अस्पतालमा सेवा संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्याय हेल्थ नेपाल र स्थानीय महानुभावहरु सहमत भै स्वास्थ्य सेवा संचालनमा आएको हो । बयालपाटा अस्पतालले साँफेबगर मेडिकल क्लिनिकबाट दिईएका सबै सेवाहरुलाई निरन्तरता दिदै अस्पतालको साथ साथै समुदायमा पनि स्वास्थ्य सेवामा पहुच दिनु पर्छ भनि २०६६ सालबाट नै सामुदायिक स्वास्थ्य कार्यक्रम संचालनमा ल्याएको हो ।
एक दशकको अबधिमा अछाममा अहिले जिल्ला अस्पताल, बयालपाटा अस्पताल, दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रहरु र ७१ वटा स्वास्थ्य चौकीहरु संचालनमा छन् । एक दशक अगाडी एकजना एम. बी. बी. एस. चिकिसक पनि भेट्न गार्हो हुने जिल्लामा अहिले करिब ४ जना बिशेसज्ञ र १६ जना मेडिकल अधिकृत गरि २० जना चिकित्सकहरु कार्यरत छन् ।
न्याय हेल्थ नेपालले मात्र एक दशकमा अछाममा मात्र करिब ४ लाख भन्दा बढीको उपचार गरि सकेको छ, साथै नेपालको अर्को जिल्ला दोलखामा पनि निशुल्क स्वास्थ्य सेवा विस्तार गरेको छ । स्वास्थ्य सेवाको हिसाबले अछाम देशको अग्र स्थानमा आइसकेको छ ।
बयलपाटा अस्पतालमा बहिरंग बिभाग, चौबिसै घण्टा सेवा भएका आकस्मिक र अन्तरंग बिभाग, प्रयोगशाला, औसधि बिभाग, सामुदायिक स्वास्थ्य बिभाग, निरन्तर चिकित्सा शिक्षा कार्यक्रम, मध्यम स्तरीय तालिम, अनुसन्धान बिभाग, मानब संसाधन महाशाखा र शल्यक्रिया बिभाग संचालनमा रहेको छ । उपचारमा आउने बिरामीको सबै निशुल्क हुने गरेको छ । साथै नेपाल सरकारको पहिलाको रिडीकोट अन्तर्गतका जनस्वास्थ्यका कार्यक्रम (गाउँ घर क्लिनिक, खोप सेवा, महिला स्वयम् सेविका कार्यक्रम आदि) पनि न्याय हेल्थ नेपालले नै संचालन गर्दै आएको छ । अहिले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाहेक जनस्वास्थ्यका कार्यक्रम संचालन गर्ने नेपालको एक मात्र गैर सरकारी संस्था न्याय हेल्थ नेपाल रहेको छ ।
नेपाल सरकारको स्वास्थ्य कार्यक्रमहरु जस्तै आमा सुरक्षा कार्यक्रम, सुरक्षित गर्भपतन सेवा, खोप, टि. बी., कुष्ठ, औलो, एचआईभी र एड्स जस्ता कार्यक्रमलाई प्राथमिकता साथ संचालन गर्नु न्याय हेल्थ नेपालको विशेषता हो ्र दुर्गमको प्राथमिक स्वास्थ्य प्रणाली मजबुत पार्दै नेपालको सरकारको स्वास्थ्यका कार्यक्रमहरुलाई गुणस्तरीय रुपमा आम जनतामा पुर्याउनु न्याय हेल्थ नेपालको लक्ष्य रहेको छ ।
एक दशकमा अछाम जिल्लामा सबै प्रकारको प्रसुती सेवा जिल्ला भित्रै उपलब्ध भएको छ । मानसिक रोगको पहिचान र सेवा पनि जिल्ला भित्रै उपलब्ध छ । सरुवा तथा दिर्घ रोगहरुको उपचार पनि जिल्लामा प्राथमिक रुपमा उपलब्ध छ । देशभर महँगो हाड जोर्नीका सेवाहरु पनि निशुल्क रुपमा जिल्ला भित्र उपलब्ध छन् । बाल बालिकाको स्वास्थ्य सेवामा प्रगति भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा अस्पतालबाट बिरामीको घरसम्म एकताबद्ध रुपमा स्वास्थ्य प्रणालीको विकास भएको छ ।
अस्पतालबाट दिईने सेवालाई सामुदायिक स्वास्थ्य कार्यक्रमले मानिसको घरसम्म एकताबद्ध गरेको छ । सामुदायिक स्वास्थ्य कार्यक्रमले स्थानीय महिलालाई शसक्त पार्दै जनताको स्वास्थ्य माथि उकास्न भूमिका खेलेको छ ।
यी सबै स्वास्थ्य सेवाहरु दुई हजार रुपैया (रु. २०००) प्रति बिरामी प्रति बर्षमा सम्भव भएको छ । यो स्वास्थ्य बिमाको लागि एउटा नमुना बन्न सक्छ । अछामको एक दशक न्याय हेल्थ नेपालले पेश गरेको नमुना समग्र नेपाललाई मजबुत, गुणस्तरीय र निशुल्क प्राथमिक स्वास्थ्य प्रणाली हुन सक्छ । नेपाल सरकारले नेपालको संबिधान अनुसार स्वास्थ्यलाई मौलिक हकको रुपमा सबै जनतालाई पहुच दिन यो उदाहरण बाट धेरै कुराहरु देश ब्यापी बनाउन सक्छ ।
डा. विकास गौचन
निर्देशक, चिकित्सा शिक्षा
बयालपाटा अस्पताल
साँफेबगर – ७, अछाम

चर्चामा

सम्बन्धित समाचार