शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • ग्रामिण पहुँच कार्यक्रमद्धारा सड्क हस्तान्तरण

ग्रामिण पहुँच कार्यक्रमद्धारा सड्क हस्तान्तरण

  • सोमवार, फाल्गुन ६, २०७५
ग्रामिण पहुँच कार्यक्रमद्धारा सड्क हस्तान्तरण

बाजुरा, ६ फाल्गुण
ग्रामिण पहुँच कार्यक्रम द्धारा त्रिबेणी नगरपालिमा निर्माण गरिएको सड्क एक कार्यक्रमका बिच स्थानिय सरकारलाई हस्तान्तरण गरिएको छ । मौरे– कैलाशमाण्डु तथा मौरे–तोलीे–छतारा सडक स्थानिय सरकारलाई हस्तान्तरण गरेको ग्रामिण पहुँच कार्यक्रमका जिल्ला टिम लिडर रमेश न्याउपानेले वताएका छन् ।
सन् २०१४ को जनवरी बाट सड्क निर्माण कार्य शुरु गरेको थियो । सड्कको लम्वाई २९.६८ किलोमिटर रहेको छ । सड्क करिब ६० करोड ५३ लाखमा सम्मपन्न भएको ग्रामिण पहुँच विकास कार्यक्रममा रमेश न्याउपानेले वताए । सड्क बेलायत सरकारको अनुदान सहयोगमा बेलायती परामर्शदाता IMC Worldwide को ब्यबस्थापनमा ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत निर्माण भएको थियो ।
सड्क निर्माण भएपछि त्रिबेणी नगरपालिका सबै वडाहरुमा सड्कको पहुँच पुगेको त्रिबेणी नगरपालिका नगरप्रमुख राम सिं रावलले वताएका छन् । सड्क निर्माण सँगै स्थानियले रोजगार समेत पाएका थियौ, गाँउमै रोजगारीको अबसर सिर्जना भएको स्थानिय शेर बहादुर शाहिले वताएका छन् । स्थानियले सड्क निर्माण गरेका हुँ, डोजरको प्रयोग भएन्, त्यसैले सड्कको स्तर पनि राम्रो रहेको शाहिले थपे ।
सड्क हस्तान्तरण कार्यक्रम त्रिबेणी नगरपालिका नगरप्रमुख राम सिं रावलको अध्यक्षतामा भएको थियो । भने प्रमखु अतिथि पुर्व भुमि सुधार राज्य मन्त्रि जनक राज गिरी रहेका थिए । बिशिष्ट अतिथिमा पुर्व संबिधान सदस्य महा नेपालि, जिल्ला समन्वय सभापति नरेन्द्र रोकाया, बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह रहेका थए । त्यस्तै संघिय मामिला तथा सामान्य प्रशासनका प्रतिनिधि लिलाराज काफ्ले, डीएफआईडि बाट साईमल लुकास, माईकलग्रिन लगायत अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राजनितिक दल, नागरिक समाज, स्थानिय लगायतको सहभागिता रहेको थियो ।
सड्क निर्माण सँगै स्थानियले यो अबधिमा ज्याला बाफत ५० करोड ७० लाख पाएका छन् । सड्क निर्माण अबधिभर प्रतिब्यक्ति २ लाख ८९ हजार ज्याला पाएको ग्रामिण पहुँच कार्यक्रमले जनाएको छ । सड्क निर्माण कार्यमा ४४ प्रतिशत महिलाको सहभागिता रहेको थियो, भने ज्यालामा पनि महिला पुरुष समान गरिएको पाईएको थियो । सड्क निर्माण कार्यमा बिपन्न, महिला तथा पछाडी पारिएका समुदायलाई प्राथमिकता दिइएको त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनारले वताएकि छन् । ग्रामिण पहुँच कार्यक्रमले जिल्लाका अन्य सड्कहरुमा मर्मत संभारका लागि समेत सहयोग गरेको थियो ।
त्रिबेणी नगरपालिकामा सड्क निर्माण सँगै सड्क निर्माण समुहलाई बिभिन्न आयमुलक क्रियाकलापमा संलग्न गरेको थियो । उनिहरुको क्षमता अभिबृद्धिका साथै आयमुलक कार्यक्रममा समेत सहयोग गरेको थियो । रत्न उच्च माबिका शिक्षक रत्न बहादुर अयडीले भने ग्रामिण पहुँच कार्यक्रमले नगरपालिका सड्क निर्माण कार्यमा राम्रो काम गरेको वताएका छन् । साथै बुढिगंगा र मौरे नदिमा पक्कि पुल निर्माणका लागि ग्रामिण पहुँच कार्यक्रमलाइ आग्रह समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार