शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ब्याक बेन्चर बने प्राध्यापनमा बोस

ब्याक बेन्चर बने प्राध्यापनमा बोस

  • शनिबार, फाल्गुन ४, २०७५
ब्याक बेन्चर बने प्राध्यापनमा बोस

 वीरबहादुर विष्ट

हेल्मेट लेक्चर बिहान झिसमिसेमा हतार हतार कलेज जाने, दिनभर कलेज धाउने अनि लखतरान भएर अँध्यारोमा घर फर्किने । यही दैनिकीमा जीवन गुजारिरहेका दर्जनौं प्राध्यापक मध्ये अलिक फरक स्वभावका व्यक्ति हुन देवेन्द्र क्षेत्री । अछामी पुर्खाका सन्तान टीकापूर निवासी 3c=3p theory का प्रतिपादक DC Boss यानेकी देवेन्द्र क्षेत्री एक असल प्राध्यापक मात्र नभएर बिध्यार्थीका लागि अचुक औषधि हुन ।      टीकापुरको गाँउमा हुर्की बढी राजधानी काठमान्डौमा अंग्रेजी विषयमा एक छत्र राज गरिरहेका डी.सि. बोस विषयवस्तुका अलवा बिध्यार्थी पढ्न सक्ने अद्भुत क्षमताका धनी हुन । एघार वर्ष अघि डन बोसको कलेज बानेश्वरबाट अध्यापन क्षेत्रमा प्रवेश गरेका क्षेत्री अहिले काठमान्डौका प्रचलित कलेजहरुमा प्राध्यापन गराईरहनु भएको छ । जिन्दगी जिउने सिद्दान्त उनको आफ्नै छ । जीवन जिउने कला हो आफ्नै तरिकाले जिउनु पर्दछ भन्ने मान्यता भएका क्षेत्रीले आफ्नै सिदान्त प्रतिपादन गरेका छ्न । 3C =3P conviction, confident & courage = power, property & prestage । अंग्रेजी कक्षा धेरै नेपाली बिध्यार्थीका लागि निद्रा लाग्ने हुन्छ तर डी.सि. सर कक्षामा पस्नु हुन्छ, तब माहोल नै अर्कै भैदिन्छ उनका विद्यार्थीको अनुभव छ । आफ्नो विषयको घेरामा मात्र सीमित नहुने क्षेत्री कलेजका सबै विद्यार्थीमाझ उत्तिकै नजिक हुन्छन । जिन्दगीमा समर्पण, आत्मविश्वास र साहस भएको व्यक्ति कहिल्यै असफल हुँदैन प्राध्यापक क्षेत्री थप्नु हुन्छ, अहिले सम्म इतिहास यिनै बहादुरहरुको नाममा कायम भएका छन । जो जीता त्यों सिकन्दर भनेर कक्षा आरम्भ गर्ने क्षेत्रीले शक्ति, सम्पति र सम्मान कसैको भाग्यमा हुने नहुने भन्ने कुरा हुँदैन 3P gained by 3C .. कुनै एक शैक्षिक सत्रमा पढाएको विद्यार्थी जिन्दगीभर उनलाई गुरू मात्रै नभएर मार्गदर्शकका रूपमा लिंछन । अंग्रेजी साहित्यमा एम.फिल. क्षेत्री विद्यार्थीलाई मन्त्रमुग्ध बनाउन सक्ने क्षमता भएका प्राध्यापक हुन । हरेक ब्याच र हरेक कलेजका बिध्यार्थीसंग उत्तिकै नजिक हुने क्षेत्रीलाई विद्यार्थीका अभिभावक भगवान भनेर पूज्छन । कठिनाईको शहर मानिने काठमान्डौमा स्थापित हुन भने सजिलो थिएन । सुरुवाती दिन सम्झिँदै प्राध्यापक क्षत्री भन्नु हुन्छ हामी सुदूरपश्चिमका संग हात मिलाउँदा समेत हात फोहर हुन्छ भन्ने थियो । कलेज जीवन भर अगाड़ीको बेन्चमा बस्न नपाएका क्षेत्रीलाई अहिले सामाजिक संजालमा k+ like हुने एक्ला सेलिब्रेटी हुन । सुदूरपश्चिम तथा दुर्गम बस्तीबाट सुनौलो भविष्य कल्पना गरेर राजधानि छिरेका बिध्यार्थीलाई उहाको एउटै अनुरोध छ जिन्दगीको यात्रामा 3C = 3P को सिदान्तमा कटिबद्ध भएर लागियो भने फर्केर हेर्नु पर्दैन ।

चर्चामा

सम्बन्धित समाचार