बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटन प्रबद्र्धनका लागि गन्तव्य पोरखे यात्रा

पर्यटन प्रबद्र्धनका लागि गन्तव्य पोरखे यात्रा

  • शुक्रबार, फाल्गुन ३, २०७५
पर्यटन प्रबद्र्धनका लागि गन्तव्य पोरखे यात्रा

लक्ष्मीराज पाध्याय
बाजुरा ३ फागुन
बाजुराको पर्यटकिय सम्भाबना बोकेको पोरखे लेखमा पोरखे गन्तब्य यात्रा सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाको आयोजनमा गन्तब्य पोरखे यात्रा बिहिवार सम्पन्न भएको छ । कालाजग्रा गुफा ताल तथा पोरखे लेखलाइ पर्यटकिय क्षेत्र बनाउने उद्धेस्यले पोरखे गन्तब्य यात्रा सम्पन्न भएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
पोरखे यात्रामा ३ सय भन्दा बढिको सहभागिता रहेको थियो । गन्तब्य यात्राको प्रमुख अतिथि जिल्ला समन्वय संयोजक नरेन्द्र कुमार रोकाया रहेका थिए । बिशिष्ठ अथिति नेकपा बाजुराका नेता भरत थापा, नेपालि काँग्रेस बाजुराका सचिब दिपक बिक्रम शाह, बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट, खप्तड छेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावत, गौमुल गाँउपालिका उपाअध्यक्ष सिता थापा लगायतको अतिथिको सहभागिता रहेको थियो । त्यस्तै राजनितिक दल, जनप्रतिनिधि, नागरिक समाज, ब्यापारी, पत्रकार, गैरसरकारी संस्था, स्थानियको सहभागिता रहेको थियो । अध्यक्षता नगरप्रमुख पदम बहादुर बढुवालले गरेका थिए । पोरखेको पोरखे गढिमा सहभागिले देउडा लगाईएका थिए । त्यस्तै शुदुर साहित्य प्रतिष्ठान बाजुराले गजल बाचन समेत गरेको थियो । सहभागिले हिउँ खेल्दै तस्बीर तथा भिडियो समेत लिएका थिए ।
प्रमुख अतिथि नरेन्द्र रोकायले भने पोरखे साच्चै रमणिय ठाँउ रहेको पर्यटनको प्रचुर सम्भाबना रहेको वताए । यो क्षेत्रलाई प्रचार प्रसार गर्न आबश्यक रहेको वताए । त्यस्तै नेकपाका नेता भरत थापाले भने यो क्षेत्रका प्रचार प्रसार गर्नका लागि सबै तह बाट लाग्नु पर्ने वताए । आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सके जिल्लाको सम्रग विकासमा सघाउ पुग्ने वताए । नेपालि काँग्रेस बाजुराका सचिब दिपक बिक्रम शाहले भने पर्यटन प्रबद्र्धनका लागि सरकारले लगानी गर्नु पर्ने वताए, आफ्नो पाटिको तर्फबाट यसलाई प्रबद्र्धन गर्नका लागि पहल गर्दै जाने वताए ।
यात्रामा सहभागिका लागि बडिमालिका ७ का स्थानियले ठाँउ ठाँउमा गेट निर्माण गरि स्वागत गरेका थिए । त्यस्तै सहभागिलाई स्थानिय परिकार बनाएर बिहानाको खानाको समेत ब्यबस्था गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले वताए । पोरखे र कालाजाग्रा पहिचानका साथै पर्यटन प्रबद्धनका लागि स्थानियले मौलिकता समेत प्रर्दशन गर्नुका साथै पाहुँनालाई स्वागतका साथै सत्कार गरेका थिए । आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका वडा न ७ को ढम्कने, बुढीनन्दा नगरपालिको अगाउँ पानी क्षेत्रको सिमा क्षेत्र रहकोले यो क्षेत्रको पर्यटन प्रबद्धन गरे जिल्लाको लागी फाइदा पुग्ने उद्देश्यले पोरखे यात्रा गरेको नगर प्रमुख बडुवालले बताए ।
यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल, व्यवसाय सञ्चालन तथा होटल र लजपनि खुल्न सक्ने भएको स्थानिय बासी बताउछन । विशेषगरी शान्त एवम् मनोरम वातावरण, उपत्यका जस्तो र घाँसे मैदान, बिभिन्न ताल तलैयाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने रहेको छ । सदरमुकाम मार्तडी हदै बाजुराको प्रमुख ब्यापारी केन्द्र कोल्टी र कर्णाली कालीकोट, मुगुको रारा, हुम्ला जुम्लाको ब्यापारीक बाटोको रुपमा चिनीने गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए बताए ।
वषौँसम्म ओझेलमा परेको बाजुराको बडिमालीका नगरपालिका स्थित पोरखे लेख पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढ्दै गएको छ । पोरखे लेखसम्म सडकको पहुँच पुग्न थाले पछी अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ । प्राकृतिक सुन्दरताले भरिएको, हरियो जंगल आसपास रहेको, बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता, गुफाताल रहेका छन । कालाजग्रा मन्दिर लगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीयले बताउने गरेका छन । पुसदेखि फागुनसम्म सेताम्य भएर हिउँले ढाकिने फाँट, अनी फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउँको दृश्ये पोरखे गडी आसपासका क्षेत्रहरु त्यस ठाउँलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिको उद्यगम स्थानले पनी चिनिन्छ ।

चर्चामा

सम्बन्धित समाचार