बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटकीय गन्तव्य पोरखे यात्रा हुदै

पर्यटकीय गन्तव्य पोरखे यात्रा हुदै

  • बुधबार, फाल्गुन १, २०७५
पर्यटकीय गन्तव्य पोरखे यात्रा हुदै

लक्ष्मीराज पाध्याय
बाजुरा १ फागुन
बाजुराको पर्यटकिय सम्भाबना बोकेको पोरखेमा गन्तब्य यात्रा हुने भएको छ । बडिमालिका नगरपालिकाको आयोजनमा गन्तब्य पोरखे यात्रा फाल्गुण २ गते हुने बडिमालिका नगरपालिका कम्पुटर अप्रेटर तथा गन्तब्य यात्राका सचिब बिर बहादुर बिष्टले वताए । पोरखेमा ५ सय आन्तरिक पर्यटक पुयाउने लक्ष्य रहेको बिष्टले वताए ।
कालाजग्रा गुफा ताल तथा पोरखे लेखलाइ पर्यटकिय क्षेत्र बनाउने उद्धेस्यले बडिमालिका नगरपालिकाले पनी कार्यक्रमको तय गरेको छ । फाल्गुन २ गते सो क्षेत्रमा गएर अध्यायन तथा भम्रण गरी पर्यटन क्षेत्रको प्रचार प्रशार गर्ने उद्धेस्यले सो कार्यक्रम तय गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए । भम्रणमा जानका लागी पत्रकार, गैरसरकारी संस्था उद्योग बाणिज्य संघ, शैक्षिक संस्था, राजनैतिक दल लगायतको उपस्थिती रहने गरी कार्यक्रमको तय गरिएको नगर प्रमुख वडुवालले वताएका छन् ।
आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका वडा न ७ को ढम्कने, बुढीनन्दा नगरपालिको अगाउँ पानी क्षेत्रको सिमा क्षेत्र रहकोले यो क्षेत्रको पर्यटन प्रबद्धन गरे जिल्लाको लागी फाइदा पुग्ने नगर प्रमुख बडुवालले बताए । सयौं बर्ष अघिसम्म सुनसान रहेको यस क्षेत्रमा हरेक बर्ष घुम्न जानेको संख्यमा समेत बृद्धी भएको र यसलाई ब्यबस्थापनमा नगरपालिकाले गर्न सकिने सहयोगलाइ मध्इनजर गर्नुका साथै प्रचार प्रशार गर्नुपर्ने भएकोले सो कार्यक्रम गर्न थालिएको प्रमुख बडुवालले बताएका छन ।
यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल, व्यवसाय सञ्चालन तथा होटल र लजपनि खुल्न सक्ने भएको स्थानिय बासी बताउछन । विशेषगरी शान्त एवम् मनोरम वातावरण, उपत्यका जस्तो र घाँसे मैदान, बिभिन्न ताल तलैयाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने रहेको छ । सदरमुकाम मार्तडी हदै बाजुराको प्रमुख ब्यापारी केन्द्र कोल्टी र कर्णाली कालीकोट, मुगुको रारा, हुम्ला जुम्लाको ब्यापारीक बाटोको रुपमा चिनीने गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए बताए ।


वषौँसम्म ओझेलमा परेको बाजुराको बडिमालीका नगरपालिका स्थित पोरखे लेख पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । पोरखे लेखसम्म सडकको पहुँच पुग्न थाले पछी अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ । प्राकृतिक सुन्दरताले भरिएको, हरियो जंगल आसपास रहेको, बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता, गुफाताल रहेका छन । कालाजग्रा मन्दिर लगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीयले बताउने गरेका छन ।
पोरखे लेखमा यतीबेला हिउँ समेत जमेकोले त्याहा जाने टोलीले हिउ खेलेर रमाईलो गर्ने देउडा गजल बाचन भोटेसेलो घोडचढी र स्कटिङ लगायतका कार्यक्रम रहेको बताएको छ । सुदुर साहित्यक प्रष्ठिान बाजुराले प्रेम दिवसको अबसर पारी सोही दिन पोरखे गजल बाचन कार्यक्रमको समेत तायारी गरेको पतिष्ठानका सचिव कृष्ण ओलीले बताए ।


यस क्षेत्रमा पिकनिक र चलचित्रको छायाङकनका लागि समेत यो क्षेत्र गन्तव्य बन्ने बाजुराका नागरीक अगुवाहरुले बताउन थालेका छन । जिल्ला नगरपालिका कार्यालय र सरकारले विकासका लागि चासो दिनसके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय बताउँछन् । छिनछिन मौसम परिवर्तन भइरहने कहिले पानी पर्ने, कहिले बादल देखापर्ने कहिले घाम लाग्ने । अझ पुसदेखि फागुनसम्म सेताम्य भएर हिउँले ढाकिने फाँट, अनी फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउँको दृश्ये पोरखे गडी आसपासका क्षेत्रहरु त्यस ठाउँलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिको उद्यगम स्थानले पनी चिनिन्छ ।

सदरमुकाम बडिमालिका नगरपालिका क्षेत्रको सिमा क्षेत्र पनी हो । बाईसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरवार पोरखे गढी हालसम्म भग्नाअवसेसको रुपमा त्यँहा देख्न पाईन्छ

चर्चामा

सम्बन्धित समाचार