मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नियम मिचेर मिलेमतोमा ठेक्का बाँडफाड

नियम मिचेर मिलेमतोमा ठेक्का बाँडफाड

  • सोमवार, माघ २८, २०७५
नियम मिचेर मिलेमतोमा ठेक्का बाँडफाड

रेडियो बुढीनन्दा /कोल्टी बाजुरा

बुढिन्नदा नगरपालिकामा नगरपालिकाले बोलपत्र आब्हान गरेका योजनामा मिलोमतोमा ठेक्का बाडफाडा भएको खुलाशा भएको छ । बुढिन्नदा नगरपालिकाको कोल्टि बजारमै ठेकेदार द्धारा पैशा बाडफाड गरेर योजना बाडफाड हुने गरेको पाईएको छ ।

बुढीनन्दा नगरपालिकाले गत पुस २२ र २७ गते दुईवटा आयोजनाका लागि बोलपत्र आह्वान ग¥यो । बुढीनन्दा नगरपालिकाको वडा नं ६ स्थित नन्देश्वरी हुदै कोटीला साउनेगाउँ सम्मको सडक र बेलडाँडा काफकोट कुरु सडक गरी दुई वटा आयोजनाका लागि बोलपत्र आह्वान गरेको थियो ।

पहिलो आयोजनाका लागि ५५ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो भने दोस्रो आयोजना निमार्णका लागि ६५ लाख ६० हजार रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो । नन्देश्वरी हुदै कोटीला साउनेगाउँ सम्मको सडक निमार्णका लागि ५९ जनाले इच्छा ब्यक्त गरेका थिए । अन्त्यमा सवै ठेकेदार मिले र १५ प्रतिशत रकम बाड्ने गरी एक जनालाई कामको जिम्मा लगाए ।

त्यसैगरी सोमबार मात्र ठेक्का खोलिएको बेलडाँडा काफकोट कुरु सडक निमार्णका लागि नगरपालिकाबाट ४६ वटा फर्म विक्रि भएका थिए । जव दिउसो दुई वजे ठेक्का खोल्ने तयारी भयो र नगरपालिकाले खोल्यो त्यहाँ जम्मा चार वटा मात्र फर्म परेका थिए । नगरपालिकाले चार फर्मको मूल्याङकनका लागि पनि पठायो तर बाहिर बजारमा भने पैसाको हिसाव किताव भै रहेको थियो । ठेकेदारहरु मिलेर एक जनालाई ठेक्का दिने र ठेक्का पाउने ठेकेदारवाट केहि प्रतिशत रकम बाडेर खाने परिपाटी फेरी पनि हावी भयो नगरपालिकाका दुई वटै ठेक्कामा । नियमतह बोलपत्र आह्वान गरिएका मध्य घटी घटाउका आधारमा सवै भन्दा कम रुपैयामा निमार्ण गर्नेले ठेक्का पाउनुपर्ने हो । तर नगरपालिकामा भने त्यसो भएन ।

यस्तो प्रक्रियाले नगरपालिकालाई घाटा लाग्ने एकातिर भए पनि यो प्रचलन राम्रो नहुने तर्क नगरपालिकका उपप्रमुख सृष्टि रेग्मीको छ । नगरपालिकाको योजना अनुगमन समितिका संयोजक समेत रहनुभएका उपप्रमुख रेग्मीले अव नगरपालिकाले ठेक्का प्रणालीलाई इ विडिङ नगर्दा सम्म यस्तो प्रचलनमा सुधार नहुने वताईन् । नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले पनि पहिलो पटक भएकाले यो सिकाई भएको र आगामी दिनमा नगरपालिका इ ठेक्का प्रणालीमा जाने वताए । कानुनतह मिलोमतो गरेर ठेक्का भाग लगाउनु गलत भए पनि बाहिर ठेकेदारले के गरे भन्ने कुरा आफूलाई थाहा नहुने सूचना अधिकारीको भनाई छ । जनताको काममा यसरी ठेकेदारको मिलेमतो हुने र हाली मुहाली हुने हो भने जनताले के को लाभ लिन पाउन्छन भन्दै केहि नागरिक अगुवाहरुले यस्तो प्रणालीको विरोध समेत गरेका छन । नागरिक अगुवाहरुले ठेकेदारले शक्ति प्रदर्शन जस्तो गरेर ठेक्का आफ्नो पक्षमा पार्ने प्रविति पुरानो भएको भन्दै आगामी दिनमा विद्युतिय ठेका प्रणाली लागु गरेर विकास निमार्ण गर्नुपर्नेमा जोड दिएका छन । नागरिक अगुवाहरुले निमार्ण ब्यवसायीहरुले पनि यसमा सचेत भएर मुलुकको विकास निमार्णमा जोड दिनुपर्ने धारणा राखेका छन ।

चर्चामा

सम्बन्धित समाचार