दार्चुलाका ७० प्रतिशत जनता अन्धकारमा
दार्चुला । जिल्लाका ९ स्थानीय तहमध्ये पाचँ गाउँपालिका अझै बिजुली विहिन अवस्थामा छन् । जिल्लाको अपिहिमाल, नौगाड, लेकम, व्यास र दुहुँ गाउँपालिका सदरमुकामसम्म विद्युत विस्तार हुन सकेको छैन । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन र मार्मा गाउँपालिका सदरमुकामसम्म भने विद्युत बिस्तार भएको छ । गाउँघरमै स्थानीय सरकार पुगेपनि अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित रहेका छन् । […]