शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी-कोल्टी सडक खोल्न बेखबर सरकार

मार्तडी-कोल्टी सडक खोल्न बेखबर सरकार

सिडियोले भनेको पनि वेवास्ता गरयाे ठेकेदार र पुर्वाधार कार्यलयले

  • शुक्रबार, अशोज ९, २०७७
मार्तडी-कोल्टी सडक खोल्न बेखबर सरकार

बर्षायाममा भत्कीएको मार्तडी कोल्टी सडक संचालनका लागि सरकार बेखबर रहेको छ । कोल्टी देखी ढम्कने सम्म बुढिनन्दा नगरपालिकाले बनाउन सुरु गरेको भएको भए पनी मार्तडी देखी कुनै पहल नभएको पाईएको छ ।
बाजुरा जिल्लाको मुख्य ब्यापारीक केन्द्र कोल्टीदेखी सदरमुकाम सडक संचालनमा सम्बन्धीत निकाय बेखवर बनेको स्थानीय बताउछन ।
बाजुराको सदरमुकाम देखी कोल्टी बजारसम्मकको मुख्य सडक संचालनमा जिल्ला प्रशासन कार्यालयबाट धेरै पटक ठेकेदार कम्पनीलाइ मार्तडी देखी बडिमालिका नगरपालिकाको वडा न ७ को ढम्मकने सम्म सडक खोल्न आग्रह गर्दा पनी कसैले चासो नदिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बडिमालिका खवरलाई बताएका छन । पटक पटक ठेकेदारहरुलाइ आग्रह गर्दा पनी सडक बिभाग पुर्बाधार कार्यालय अछामले कुनै चासो नदिएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई रहेको छ ।
बर्र्षायाममा बिभिन्न ठाउँमा पहिरो गएर अबरोध भएको सडक बर्षायाम सकिन लाग्दा पनी कुनै सुरसार नभएको स्थानीयले बताएका छन ।
मार्तडी देखी कोल्टी सम्मको ४१ किलो मिटर सडक असारको पहिलो साता बाट अबरोध भएको र बर्षाको समयमा नसकिए पनी असोजको पहिलो साता बितिसक्दा पनी सडक खुलाउन कोही केही पहल नभएको हिमाली गाउँपालिकाका स्थानीय तथा दलित अधिकारकर्मी गोरख शार्कीले बताए । स्थानीय तहहरु पनी सडक संचालनमा चासो नदिएको शार्कीको भनाई रहेको छ ।
कोल्टी क्षेत्रसम्म सडक संचालन नहुदा असार महिनादेखी त्यहा जनता महगी र कालोबजारीको मारमा परेका छन नागरिक सरोकार मञ्च कोल्टी संयोजक जनेश भण्डारीले बताए । साफेँ मार्तडी सडक अबरुद्ध हुदा समस्यमा परेको कोल्टी क्षेत्र हाल महगी र कालोबजारीले काकाकुल बनेको भण्डारीको भनाई रहेको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराबाट पटक पटक ठेकेदार कम्पनीहरुलाई सडक खुलाउन ताकेता गरेको भए पनी ठेकेदारहरुले आनाकानी गरिरहेको प्रमुख जिल्ला अधिकारी गैह्रले बताएका छन ।
उता कोल्टीबाट ढम्कनेसम्म बाटो बनाउन नगरपालिकाले डोजर लगाई सकिएको बुढिनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मीले बताएकी छन । केही दिन अगाडी देखी कोल्टीबाट सडक बनाउन संचालन गरिसकेको र यो समाचार तयार गरुन्जेल बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमाना पोरखे लेख सम्म डोजरले सडक बनाएर पुगीसकेको बुढिनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार