शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

  • बिहिबार, अशोज ८, २०७७
नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृतक संख्या ४५३ पुगेको छ।

विस्तृत :

 

चर्चामा

सम्बन्धित समाचार