बेचैन महरा, अनुसन्धान अस्पतालमै हुने
काठमाडौं – ६६ वर्षमा प्रवेश गरेका कृष्णबहादुर महरा अस्वस्थ छन्। बोली प्रष्ट छैन। लर्बरिन्छ। स्वास्थ्यका कारण बोल्न पनि समस्या हुन्छ। उच्चरक्तचाप, ब्रोङ्काइटिस, मधुमेह, क्षयरोगलगायतका रोगले गलाएको छ। आठ किसिमका औषधि सेवन गर्ने महरालाई काठमाडौं जिल्ला अदालतले उपचारको व्यवस्था गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि अस्पताल भर्ना गरिएको छ। विगतमा नियमित उपचार भइरहने थापाथलीस्थित नर्भिक इन्टरनेसनलको इमर्जेन्सी […]