कैलालीको घोडाघोडीमा राप्रपाको बृहत् आमसभा
धनगढी— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बृहत् आमसभा भएको छ। आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरूको उपस्थिती रहेको छ। आमसभालाई सम्बोधन गर्दे अध्ययक्ष लिङदेनले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताए। उनले प्रदेश सरकारको काम नरहेको उल्लेख […]