बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात

  • बिहिबार, मंसिर २८, २०८०
एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात

धनकुटा — मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।

मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले मुक्का हान्नुको कारण खुलेको छैन ।

तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए ।

उनले पूर्वप्रधानमन्त्री ओलीलाई उनले छुन नपाएको समेत बताए । बाँस्तोलाले दाबी गरे, ‘उनको मुक्का हान्ने नियत देखिँदैन, मापसे गरेर त्यस्तो गरेको देखिन्छ ।’

चर्चामा

सम्बन्धित समाचार