शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • कैलालीको घोडाघोडीमा राप्रपाको बृहत् आमसभा

कैलालीको घोडाघोडीमा राप्रपाको बृहत् आमसभा

  • बुधबार, मंसिर २७, २०८०
कैलालीको घोडाघोडीमा राप्रपाको बृहत् आमसभा

धनगढी— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बृहत् आमसभा भएको छ। आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरूको उपस्थिती रहेको छ।

आमसभालाई सम्बोधन गर्दे अध्ययक्ष लिङदेनले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताए। उनले प्रदेश सरकारको काम नरहेको उल्लेख गर्दै विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम भएको बताए।

वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्दैै परिवर्तनका लागि जनता जाग्नुपर्ने अर्का नेताले उल्लेख गरे। संवैधानिक राजाका पक्षमा नेताहरूले बोलेका थिए। व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले देशव्यापीरुपमा आमसभा कार्यक्रम गर्ने समेत जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार