भोट दिएकैबाट चोट
उजिरमान तामाङ ८० वर्षका भए। सूर्योदय नगरपालिका—५ को खर्बनीमा जन्मेका उनले आफ्नो पूरै उमेर त्यहीँ बिताए। घरमाथिको डाँडामा घाम ताप्न उक्लेका उनले कुराकानीको सुरुमै भने, ‘सरकार कहाँ छ भनेर हेर्न डाँडा चढेको तर देखिएन।’ खर्बनी पुग्न गाडी चल्ने ठाउँबाट चार घण्टा पैदल हिँड्नुपर्छ। उजिरमानले सुनाए, ‘पहिले जस्तो थियो अहिले पनि उस्तै छ।’ साप्ताहिक रूपमा लाग्ने […]