शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • २ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक शिलान्यास

२ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक शिलान्यास

  • शनिबार, मंसिर १३, २०७७
२ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक शिलान्यास
हुलाकी सडक अन्तरगत लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोन्नती गर्ने नाममा संघीय सरकारका २ मन्त्रीले शिलान्यास गर्दै । तस्वीर : दिनेश खवरबाट

कैलाली जिल्लामा स्तरोन्नीको नाममा ५ वर्षअघि निर्माण भएको एक सडक शिलान्यास भएको छ । हुलाकी सडक अन्तरगत लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोन्नती गर्ने नाममा संघीय सरकारका २ मन्त्रीले शिलान्यास गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडक शिलान्यास गरेका हुन् । यहाँसम्म कि सो सडकको स्तरोन्नतीको काम दशैं लगत्तै सुरु गरिएको थियो ।

हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘पहिले सिंगल लेन थियो । अब २ लेन बनाउने गरी स्तरोन्नती हुने हो ।’ पहिलै शिलान्यास भइ निर्माण भएको सडक पुनः शिलान्यास भयो नि ? भन्ने प्रतिप्रश्नमा मडै भन्छन्, ‘निर्माण त सन २०१४ मा नै भारतीय कम्पनीबाट भएको हो । तर अहिले स्तरोन्नतीको शिलान्यास हो ।’

सो कार्यालयका अनुसार २७.५ किलोमिटर सडक खण्डको स्तरोन्नती ३० महिनामा हुने भएको छ । १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा स्तरोन्नती हुने जनाइएको छ ।

कैलाली जिल्लामा निर्माणधिन हुलाकी सडक कहिले निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको छ, त कहिले दोहोरो शिलान्यास । यसअघि निर्माण सम्पन्न नहुँदै कैलालीको धनगढी–सत्ती खण्डको पूर्व मन्त्री रमेश लेखकले उद्घाटन गर्न भ्याएका थिए ।

तर धनगढी–सत्ती खण्ड अन्तरगत वसन्ता वन क्षेत्रमा निर्माण कार्य पहिलैदेखि प्रभावित हुँदै आएको छ । जसप्रति वेवास्ता हुँदै आएको हो । वन मन्त्रालयले रुख कटानीको स्वीकृती नदिदा २ किलोमिटर सडकखण्डमा रहेका १ सय रुख कटानी गर्न बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार