एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता
काठमाडौँ– माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । […]