बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन: मन्त्री शर्मा

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन: मन्त्री शर्मा

  • मङ्लबार, मंसिर २६, २०८०
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन: मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताइन्। गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने उनको भनाइ छ। उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन्।गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको उनले बताइन्।

उनले भनिन्, ‘हिजो निरंकुश राजतन्त्र थियो। तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानूनको आकर्षण बन्न सक्दैन थियो। कुनै कानून आकर्षित हुन सक्दैन थियो। उनीहरुमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो। तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ। त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउँछ यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानून भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन। गल्ती गर्ने छुट गणतन्त्रमा छैन। यसलाई स्थापित गर्न आवश्यक छ।’

चर्चामा

सम्बन्धित समाचार