बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता

राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता

  • सोमवार, मंसिर २५, २०८०
राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले गराए दल दर्ता

काठमाडौँ —माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबारसम्म पाँच वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् । आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार