बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

  • मङ्लबार, मंसिर २६, २०८०
कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी— कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ फन पार्क स्थित २ ग्राम ३६० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका-१ बस्ने २५ वर्षीय बिजय बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई सोमवार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका-६ सिसैयाबाट ०.०६ ग्राम लागूऔषधसहित बेदकोट-७ बस्ने २५ वर्षीय कैलाश पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई पनि सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरिएको कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताएका छन्। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार