गाँजाको रसायनबाट कफी, स्याम्पू र तेल उत्पादन गर्न होडबाजी
विकसित मुलुकहरूमा गाँजा खुला गर्ने लहर चलेका बेला यसमा पाइने रसायन स्याम्पू, कफी, शरीरमा लगाउने तेल लगायत थुप्रै घरायसी सामग्रीमा प्रयोग हुन थालेको छ। ‘सिबिडी’ (क्यानाबिडिओल) भनिने यो रसायन गम्मी बियर्स (एक प्रकारको चकलेट) देखि कुकुरहरूको खानामा समेत प्रयोग हुन्छ। पछिल्लो समय अमेरिकी बजारमा कफी पसल, कृषि बजारदेखि डिपार्टमेन्ट स्टोरहरूमा समेत यो रसायन बिक्री हुन्छ। […]