शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • लुटेराले लिए ५० को ज्यान

लुटेराले लिए ५० को ज्यान

  • बुधबार, फाल्गुन २१, २०७६
लुटेराले लिए ५० को ज्यान

उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् ।

गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।

स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र समुह कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा पसेको थियो ।आइतबार बिहान मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेर उनीहरुले धनमाल लुटेका छन् ।

गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया र धनमाल लुटेको बताइएको छ । साना बच्चाहरुलाई भने अपहरण गरी लगिएको छ । लुटेराहरूले स्थानीयका घर समेत भत्काइदिएका छन् । नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा आक्रमण गरेको र त्यसकै बदलामा गाउँलेको हत्या भएको अनुमान गरिएको छ ।

स्थानीयले लुटेर लुकेको स्थानका सम्बन्धमा सेनालाई सूचना दिएकै कारण स्थानीयलाई मारेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार