शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ब्राजीलमा वर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

ब्राजीलमा वर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

  • सोमवार, माघ १३, २०७६
ब्राजीलमा वर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

एजेन्सी — ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक वर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अरु सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन् । त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ ।

ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराईजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर बर्षा भएको जनाएको छ ।

कार्यालयका अधिकारीहरुका अनुसार विगत ११० बर्षभरीमा बर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार