शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कारोनाभाइरससँग लड्न अमेरिकाले ८.३ अर्ब डलर खर्च गर्ने

कारोनाभाइरससँग लड्न अमेरिकाले ८.३ अर्ब डलर खर्च गर्ने

  • बिहिबार, फाल्गुन २२, २०७६
कारोनाभाइरससँग लड्न अमेरिकाले ८.३ अर्ब डलर खर्च गर्ने

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले बुधबार अमेरिका र विश्वमा कोरोनाभाइरस (कोभिड–१९) को चुनौतिको सामना गर्न ८.३ अर्ब डलर आपत्तकालिन खर्च गर्ने विधेयक पास गरेको छ ।

अमेरिकामा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि यो विधेयकलाई तत्कालै अमेरिकी सिनेटमा लगिने र यो हप्ताको अन्त्यसम्म हस्ताक्षरका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रस्तुत गरिने सांसदहरुले बताएका छन् ।

‘कोरोनाभाइरसविरुद्ध समन्वित र व्यापक ढङ्गले सरकारले प्रतिक्रिया जनाउने छ भनेर अमेरिकी जनताले सरकारमाथि भरोसा गरेको छ,’ सांसद् निता लोवीले भनिन् । मानिसको जीवनको सवाल भएकाले यो विधेयक तत्कालै पास गरिनुपर्ने बताइन् ।

‘यो आपत्तकालिन स्थिति हो,’ अर्का सांसद फ्रेड अप्टनले भने, ‘म मेरा सबै सहकर्मीहरुलाई यसलाई समर्थन गर्न र चाँडोभन्दा चाँडो राष्ट्रपतिसमक्ष पुर्याउन आग्रह गर्दछु ।’

बुधबार उपराष्ट्रपति माइक पेन्सले सदनका सदस्यहरुलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए । पेन्सले सांसदहरुलाई अमेरिकी व्यवसायीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरबाटै काम गर्ने वा छुट्टी लिन अनुमति दिन आग्रह गर्ने बताएका थिए ।

आपत्तकालिन खर्चका लागि तयार गरिएको विधेयकमा निम्नअनुसार खर्च गर्ने स्वीकृति दिइएको छः

–२.२ अर्ब डलर भाइरस रोकथामका लागि जनस्वास्थ्यमा जसमध्ये ९५ करोड डलर राज्य र स्थानीय स्वास्थ्य एजेन्सीहरुलाई दिइनेछ ।

– १ अर्ब डलर अस्पताल र सामुदायिक चिकित्सा केन्द्रहरुका लागि औषधि र मेडिकल सामग्री खरिदका लागि दिइनेछ ।

– ३ अर्ब डलर भ्याक्सिन निर्माणका लागि दिइनेछ ।

– ४३.५ करोड डलर अमेरिका बाहिरको स्वास्थ्य व्यवस्थाका लागि खर्च गरिनेछ ।

– ३० करोड डलर मानवीय सहायतका लागि छुट्टाइएको छ ।

– साना व्यवसायीका लागि न्यून ब्याजदरमा ऋण दिन ७ अर्ब डलरको व्यवस्था गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार