सिस्नु पाउडर उत्पादन तालिमले जगाएकाे उद्यमशील सपना
बाजुरा— बडीमालिका नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरी तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको ५ दिने सिस्नु पाउडर उत्पादन प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ। “समृद्ध नगर, खुसी नगरवासी” भन्ने मूल नाराका साथ बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटीको साझेदारीमा आयोजित उक्त तालिम युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित “सशक्त महिला, […]