सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति चयन आज हुँदै, यस्तो छ भागबण्डा
धनगढी— सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो। प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत […]