बुधबार, असार २५, २०८२
  • होमपेज
  • समाज
  • बाजुरा अस्पतालमा जटिल प्रकृतिकी गर्भवती महिलाको सफल शल्यक्रिया

बाजुरा अस्पतालमा जटिल प्रकृतिकी गर्भवती महिलाको सफल शल्यक्रिया

जोखिम आमाको ज्यान बचाउदै जिल्ला अस्पताल बाजुरा

  • शुक्रबार, जेष्ठ ३१, २०८२
बाजुरा अस्पतालमा जटिल प्रकृतिकी गर्भवती महिलाको सफल शल्यक्रिया

टेक बहादुर बुढा—जिल्ला अस्पताल बाजुरामा जटिल प्रकृति गर्भवती महिलाको शल्यक्रिया सफल भएको छ । जिल्ला अस्पताल बाजुराले धेरै जटिल गर्भवती आमाको ज्यान बचाउने गरेको छ । अस्पताल बाजुराले जटिल प्रकृतिको गर्भवती महिलाको चिकित्सकले सहजै शल्यक्रिया सफल गरेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका–१ बस्ने २३ वर्षीया बुट्टा विकको एउटा पेटमै मरेको र अर्को बच्चा जिवित रहेको जोखिम अवस्थामा अस्पताल बाजुरामा ल्याए । स्त्रिरोग बिशेषज्ञ डा. सुनिल कुमार शाहका अनुसार पेटमा रहेका दुबै बच्चा उल्टो अवस्थामा रहेका थिए । नालसाल उतै गाउँकै स्वास्थ्य संस्थामा पहिला नै आइसकेको उनले बताए ।

मरेको बच्चाको बायाँ खुट्टा बाहिर आएको थियो । डाक्टर सुनिल कुमार शाहको नेतृत्वको स्वास्थ्यकर्मीको टोलिले सुत्केरी गराउन सफल भएको छ । मरेको बच्चालाई पहिला झिकेर फाल्यौ, पछि जिवित बच्चालाई शल्यक्रियाबाट आमा र बच्चा बचाउन सफल भएको डाक्टर शाहले बताए । श्रीमतीको अवस्था निकै जटिल भएपछि हेलिकप्टर व्यवस्थाका लागि बुट्टाका श्रीमान् किरिन्द्र विकले विभिन्न निकायमा गुहारेका थिए । तर कतैबाट हवाइ उद्धार नहुने भएपछि जिल्ला अस्पताल बाजुरा ल्याएका थिए । श्रीमती बचाउने आश मरिसकेको थियो, तर अस्पतालमा पुगाइसकेपछि आमा र एउटा बच्चा बचाउन सफल भएको श्रीमान किरिन्द्रले बताए ।

यस्तो जटिल केशमा एनआइसियु आवश्यक हुन्छ, तर यहाँ अप्ठ्यारो परिस्थिती थियो । आकस्मिक हवाइ उद्धार तत्काल सहज नै थिएन्, जोखिम परिस्थितीमा एउटा बच्चा र आमा बचाउन सफल भएको अस्पताल बाजुराका प्रमुख डा. चन्द्र शेखर यादवले बताए । आइसियु, एनआइसियु नभएको अस्पतालमा यस्तो केश बचाउन निकै ग्राहो हुने गरेको छ । तर बाध्यता अन्त लिदा सम्म आमा र बच्चाको ज्यान जोखिम भएकाले अस्पतालमै भएको जनशक्क्ति तथा उपकरणले जिवित आमा र बच्चाको ज्यान बचाउन सफल भएको यादवले भने । अर्को बच्चा पहिलानै मरिसकेकाले बचाउन सक्ने अवस्था नै नभएको उनले थपे ।

जिल्ला अस्पताल बाजुरामा आकस्मीक प्रसुती सेवासँगै विशेषज्ञ सेवा सञ्चालनमा रहेको छ । यो आर्थिक बर्षमा मात्र अस्पतामा ४९ जना जटिल प्रसुति आमालाई शल्यक्रिया मार्फत सुत्केरी गराएको अस्पतालले जनाएको छ । जोखिम परिस्थितिका बिचमा पनि धेरै जोखिममा आमा र बच्चाको ज्यान बचाउने गरेको अस्पतालका प्रमुख डा. यादवले वताएका छन् । अस्पताल बाजुरामा ६ जना मेडिकल अधिकृत र २ जना बिशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सक रहेका छन् ।

दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन् । भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन् । तर जिल्ला अस्पताल बाजुरामा विगत केहि समय देखि बिशषेज्ञ सेवा सञ्चालन पछि स्थानीय खुसी भएका छन् । सेवा सञ्चालन नहुँदा आर्थिक अवस्थाका कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या थियो ।

उपचार सेवाका लागि सुविधा सम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन्, आफ्नै जिल्लामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक उपचार सेवा पाईदैन् । रोग पाली बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवन बाजि थाप्नु पर्ने बाहेक अर्को विकल्प थिएन्, अहिले भने निकै सहज भएको स्थानिय सन्तोष बिकले बताएका छन् ।

आमाहरुले जन्म दिनेबित्तिकै आफ्नो सन्तान गुमाइरहेका छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा.चन्द्र शेखर यादवले आमाको ज्यान बचाएपनी बच्चा मरेको धेरै घटना भएको बताए । ‘यस्तो घटना दुर्गम जिल्लामा धेरै भैरहेका छन् , यस्ता घटनाको निर्मूल पार्न नेपाल सरकारले हवाइ सेवा लागू गरे पनि भने जस्तो सजिलो नभएको बताए ।

चर्चामा

सम्बन्धित समाचार