बिहिबार, असार २६, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको मुक्तिकोट गाउँमा “आरयुटिएफ” अभाव, २ बच्चाको मृत्यु

बाजुराको मुक्तिकोट गाउँमा “आरयुटिएफ” अभाव, २ बच्चाको मृत्यु

  • सोमवार, असार १६, २०८२
बाजुराको मुक्तिकोट गाउँमा “आरयुटिएफ” अभाव, २ बच्चाको मृत्यु

बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) अभाव भएको छ । चार महिना देखि आरयुटिएफ नभएको मुक्तिकोट स्वास्थ्य चौकीका इन्चार्ज बिर्ज विकले बताएका छन् ।

आरयुटिएफ नहँुदा गाउँमा रहेका २५ जना कुपोषित बालबालिकाको ४ महिना देखि उपचार रोकिएको छ । उपचार अभावमा २ जनाको भने मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १६ महिनाको सन्तोष न्यौपाने र १७ महिनाकी जमुना बिक रहेकी छन् । दुवै जनाको केही महिना अगाडि मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थामा २ जनाको रेकर्ड भएपनि गाउँमा भने ५ जनाको मृत्यु भएको स्थानिय बताउँछन् ।

आरयुटिएफ अभाव भएको पालिका र स्वास्थ्य कार्यालयलाई समयमै जानकारी गराएका थियौ, तर कतैबाट नआएपछि २५ जना कुपोषित बच्चाको उपचार रोकिएको बिर्ज बिकले बताए । आरयुटिएफ स्वास्थ्य कार्यालयले पालिकालाई पठाउने गर्छ, पालिकाले स्वास्थ्य संस्थामा पठाउने गर्छ, जिल्लाबाट नै नआएकाले पठाउन नसकेको स्वामिकार्तिक खापर गाउँपालिका स्वास्थ्य संयोजक भक्त बहादुर कैलाले बताएका छन् । केही दिनमा पठाउने तयारी रहेको उनले बताए ।

तर स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले भने आफुहरुसँग आरयुटिएफ जति पनि रहेको बताए । कार्यालयमा माग नै नभएपछि हामिले कसरी पठाउने, सम्बन्धित पालिका तथा संस्थाले माग गरेपछि पठाउने गरेको बताए । कार्यालयमा आरयुटिएफ अभाव नभएको भनेका छन् ।

दुई वर्ष मुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरिन्छ, तर मुक्तिकोटमा भने चार महिना देखी अभाव रहेको छ । स्वास्थ्य संस्थामा २५ जना कुपोषित बालवालिका भनेपनि गाउँमा अधिकांश बालवालिका कुुपोषणको चपेटामा रहेका छन् ।

पोषणयुक्त खानेकुरा खान नपाउदा बालवालिका र सुनौला हजार दिनका आमाहरु अहिले चरम कुपोषणको मार खेपिरहेको गाउँपालिका सुचना अधिकारी कुबेर बहादुर शाहीले बताएका छन् । मुक्तिकोट गाउँमा ४ सय दलित परिवारको मात्र बसोवास रहेको छ । प्रायः अधिकांश घरमा कुपोषणको कहर रहेको शाहीले बताए ।

गाउँमा कुुपोषणका कारणले बर्षेनी बालवालिकाको मृत्युु हुने गरेको छ । त्यँहाका नागरिकलाई बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जीवनमरणको दोसाँधमा रहेका छन् ।

मुक्तिकोट गाँउमा उपचार अभावमा कुुपोषणले बालकालिका छटपटिरहेको स्थानियले बताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्यु भएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोटबासी भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् ।

कुुपोषणको सिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अवस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको व्यवस्थापन् गरेको पाईन्छ । मुक्तिकोट गाउँ नेपालको सबै भन्दा बढी गरिब भएको गाउँ रहेको गाउँपालिका सुचना अधिकारी कुुबेर बहादुर शाहिले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार