कसै कसैलाई तगारो नयाँ सम्बिधान भएकोछ,
त्यसैले ता सम्बिधान बिरोधी रुझान भएकोछ।
छिमेकीले त पचाउँने कुरै भैन उस्तै राजावादी,
सम्बिधानलाई टार्गेट बनाउँने ठेकान भएकोछ।
पक्कै नि सम्बिधानले सबैलाई सम्बोधन गरेन,
कयौँ ठाउँमा बिभेद पनि जानाजान भएकोछ।
तर समय परिस्थिति नि बिद्रोहको पनि नहुँदा,
शन्द्रभ सम्बिधान को पक्षमा उठान भएकोछ।
अहिले संसदको पूर्नबहाली संघियता खारेजी,
अनि गणतन्त्रको रक्षागर्ने आवहान भएकोछ।
हामिले देखेकैछौँ कयौँपल्ट सम्बिधान पोलेको,
एक पल्ट सम्बिधान शभा अफसान भएकोछ।
बिकास र निकाश रोक्ने बिदेशि शड्यन्त्र हुँदा,
त्यही नबुझेर देशका जनता नादान भएकोछ।