• होमपेज
  • समाचार
  • राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

  • आइतवार, पुस २६, २०७७
राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

काठमाडौँ — राष्ट्रिय सभाको हिउँदे अभिवेशन आइतबार नै अन्त्य हुने भएको छ । राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार राष्ट्रिय सभाको अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अन्त्य हुने भएको हो ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
राष्ट्रिय सभाको सचिवालय स्रोतले दिएको जानकारी अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसको जानकारी कार्यव्यवस्थाको बैठकमा दिएका थिए ।

प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक औपचारिकताका लागि पुस १७ गते बोलाइएको थियो । त्यसपछि दुई बैठक मात्रै बसेका थिए । आज तेस्रो बैठक बसेपछि सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको हो ।

राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा विघटनको मुद्दा चर्कोसँग उठेको थियो । पुस २३ र २४ गतेका बैठकमा राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाबाहेकका राजनीतिक दलका सांसदहरूले चर्को आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेका थिए ।

स्थायी सदनका रूपमा लिइएको राष्ट्रिय सभाको बैठक अन्त्यका लागि प्रधानमन्त्रीले आजै राष्ट्रपतिकहाँ लेखेर पठाउने तयारी गरेका हुन् । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार